समाजवादी फोरम र नयाँ शक्तिको उम्मेद्वारी

0
46

दमक | पूर्वमा पहिचानको आन्दोलनमा सर्घषरत लिम्बुवान पार्टी नेपाल संघीय समाजवादी फोरम नेपालमा एकिकरण भए पश्चात गठित पार्टी र नयाँ शक्ति पार्टी नेपालले बुधबार दमकमा संयुक्त रुपमा उम्मेदवारी घोषणा गरेको छ ।

यही जेठ ३१ गते दोस्रो चरणमा हुन लागेको निर्वाचनको लागि दुई पार्टीले संयुक्त रुपमा आयोजना गरेको दमक नगरको मेयर र उपमेयरसहित ७ वटा वडाहरुमा मात्र उम्मेदवारी घोषणा गरेको छ ।

तीन वडाका अध्यक्षसहित अन्यमा उम्मेदवारी दूई दिन पश्चात घोषणा गर्ने पत्रकार सम्मेलनमा वताईरहे पनि घोषणा गरेको वडाहरुमा पनि महिला, दलित र खुल्लातर्फका वडा सदस्यहरुमा नाम घोषणा गर्न सकेन ।

उम्मेदवारी घोषणा अनुसार दमक नगरको मेयरमा नयाँ शक्ति पार्टी नेपालको तर्फवाट शतिस साह र उपमेयरमा संघीय समाजवादी फोरम नेपालको तर्फवाट गंगा राई शेर्मालाई प्रस्तुत गरेको छ ।

सो अवसरमा मेयरका आकाक्षी शाहले दमक नगरलाई हरित नगरको रुपमा स्थापित गर्न, वढ्दो अवस्थामा रहेको भष्ट्रचार र डण्डह्रिनतालाई न्यूनिकरण गर्न मुख्य जिम्मेवारीका साथ पहल कदमी गर्ने प्रतिवद्धता जनाए । उपमेयरका आकाक्षी राई कार्यक्रममा सहभागि थिएन । उनी काम विशेषले काठमाण्डौमा रहेको पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।

त्यस्तै, सो कार्यक्रममा वडा नं १ वाट अध्यक्षका उम्मेदवार ओममाय आङ्दम्बे, वडा नं ५ का उम्मेदवार राजु खड्का, वडा नं ६ का अध्यक्षका उम्मेदवार पुष्प न्यौपाने र वडा नं ८ अध्यक्षका उम्मेदवार उमेश गजमेरले आ–आफ्ना विचार राखेका थिए ।

त्यस्तै, वडा नं ७ का अध्यक्षका उम्मेदवार कार्यक्रम संचालन भइरहदा हलवाट वाहिरिएका थिए भने वडा नं ३ का अध्यक्षका उम्मेदवार डम्बर तिम्सिना कार्यक्रममा उपस्थिति थिएनन् ।

संयुक्त निर्वाचन परिचालन समितिका संयोजक एबम् निर्वाचन प्रचार–प्रसार समितिका संंयोजक कमन देवानको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।

पत्रकार सम्मेलनमा संर्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य विश्वदीप लिङ्देन, नयाँ शक्ति पार्टी नेपालका दमक नगर इन्र्चाज तथा प्रदेश समिति सदस्य योगेश उप्रेति लगायतका केन्द्रीय, प्रदेश, जिल्ला, नगर, क्षेत्रीय नेताहरुको ठूलो संख्यामा उपस्थिति थिए ।

तपाईको प्रतिक्रिया: