पूर्वका ७७५ मतदानस्थल अतिसंवेदनशील

0
33

निर्वाचन सुरक्षाका लागि पूर्वका १६ जिल्लामा ४२ हजार प्रहरी परिचालन गरिएको छ ।

मतदान स्थललाई अति संवेदनशील र सामान्यको सूचीमा वर्गिकरण गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालयले नेपाल प्रहरी र म्यादी प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेको हो । मतदाता, उम्मेदवार, मतदानस्थल र मतगणनाको सुरक्षालाई बिशेष प्राथमिकतामा राख्दै पहिलो घेरामा १९ हजार प्रहरी र १७ हजार म्यादी प्रहरी परिचालन गरिएको पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआइजी रमेशकुरमार भट्टराईले बताउनुभयो ।

दोस्रो घेरामा ८ हजार बढी सशस्त्र प्रहरी रहनेछन् । निर्वाचन सुरक्षाको तेस्रो घेरामा भने नेपाली सेना खटिनेछ । सिरहाको कुल २ सय १९ मतदानस्थल अतिसंवेदनशील, सप्तरीको २ सय ६ अतिसंवेदनशील र ८६ संवेदनशील, सुनसरीको ६४ अतिसंवेदनशील र १ सय २ संवेदनशील तथा मोरङमा ६५ अतिसंवेदनशील र १ सय ५४ संवेदनशील रहेको प्रहरीको भनाई छ ।

पूर्वको १६ जिल्लामा रहेका २ हजार तीन सय ७१ मतदानस्थलमध्ये अतिसंवेदनशील ७ सय ७५, संवेदनशील ८ सय ५८ र सामान्य ७ सय ५६ मतदानस्थल रहेको भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया: