बर्डफ्लू रोग नियन्त्रण सम्बन्धि अन्तरक्रिया

0
46

काँकरभिट्टा | झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले नीतिगत व्यवस्थाको प्रभावकारीरुपमा कार्यान्वयन गर्न हरेकले आ—आफ्नो तहबाट लाग्नुपर्ने बताएका छन् ।

पशु स्वास्थय निर्देशनालय त्रिपुरेश्वरले बिहीबार झापाको मेचीनगरस्थित काँकरभिट्टामा आयोजना गरेको सुरक्षाकर्मी तथा भन्सार कर्मचारीहरुसँग बर्डफ्लू रोग नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खत्रीले उक्त कुरा बताएका हुन् ।

एकजना व्यक्तिको कमजोरीका कारण राष्ट्रलाई हानी नोब्सानी पुग्ने काम कसैले पनि गर्न नहुने भन्दैं उहनले सवैलाई आ आफ्नो जिम्मेवारीप्रति वफदार बन्न तथा आफ्नो काम, कर्तव्य र उत्तरदायित्वप्रति इमान्दारिपूर्वक लाग्न समेत प्रजिअ खत्रीले सवैलाई निर्देशन दिए । उनले बर्डफ्लू रोग सरकारको एक्लो प्रयासले मात्र नियन्त्रण नहुँने भन्दैं सरकारी र नीजिक्षेत्रको पनि उत्तिकै भूमिका रहने बताए । पशुपंक्षीको चोरी निकासी पैठारी नियन्त्रणमा सुरक्षाकर्मी जिम्मेवारी पूर्वक लाग्नु पर्ने बताउँदै त्यसका लागि उहाँले आफ्नोतर्फबाट गर्नुपर्ने सवै सहयोग पुर्याउँनेमा जोडदिए ।

उनले स्थानीय प्रशासनले ऐन नियम कार्यान्वयन गर्न सहयोग मुद्दा दायर भएको अवस्थामा छानबीन गरी कारवाही गर्न र ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्न गराउन लाग्ने बताए । कार्यक्रममा भेटेरिनरी इपिडेमियोलोजी केन्द्रका प्रमुख डाक्टर मुकुल उपाध्यायले बर्डफ्लू रोग, यसका लक्षणहरु, रोग सर्ने तरिका , मानिसमा रोगका लक्ष्ण, बिषणुको बाँच्ने क्षमता, जोखिम समुहमा को को लर्न सक्छन्, रोकथाम तथा नियन्त्रणका उपायहरु, चुनौतीहरु, नेपालमा बर्डफ्लू रोगको वस्तुस्थिति, हालको अवस्था, नष्ट गरिएका सामानहरुको विवरणलगायतका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा केन्द्रीय जैविक उत्पादन प्रयोगशालाका प्रमुख डाक्टर मोहनदेव लेखक, क्वारेन्टाईन प्रकृया र यससँग सम्बन्धित ऐन कानुन, पशु स्वास्थय निर्देशनालय त्रिपुरेश्वरका पशु चिकित्सक लोकराज भुसालले बर्डफ्लूका बारेमा ऐन कानुनका आदेश र भेटेरिनरी इपिडेमियोलोजी केन्द्रका प्रमुख डाक्टर मुकुल उपाध्यायले बर्डफ्लू रोग, सूचना तथा यसको नियन्त्रण विषयक तीन अलग अलग कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमाथि सहभागीले अन्तरक्रिया र छलफल गरेका थिए । भारतबाट आयातित कुखुराका कारण व्यवसायीहरुको लगानी डुब्ने र बिभिन्न रोग भित्रिने जोखिम उच्च भएकाले प्रहरीले कडाइ गरेको स्थानीय प्रशासनले जनाएको छ । नेपालमै पहिलो पटक २०६५ साल माघमा झापाको मेचीनगरबाट बर्डफ्लू रोग फेला परेको थियो । त्यसको एक महिनापछि झापाकै शरणामतीमा दोस्रोपटक फेला पर्यो । त्यसपछि काठमाडौ, भक्तपुर ललितपुर, कास्कीलगायत देशका बिभिन्न भागमा यो रोग फैलिएपछि नेपाल सरकारले पक्षी तथा पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको कार्यक्रममा बताईयो ।

पछिल्लो समय प्रहरीले यो रोग भित्रिन नदिनका लागि खुला सीमाको फाइदा उठाएर अवैधरुपमा हुने पक्षी तथा पंक्षीजन्य वस्तुको आयात रोक्न सक्रियता बढाएको छ । प्रहरीको सक्रियता संगै कारोवारीहरुले रुटनै परिवर्तन गर्न थालेका छन् । प्रहरीले कडा रुपमा गस्ती गरेका कारणले पनि कारोवारीले नयाँ नयाँ जुक्ति लगाएर वैक्लपिक मार्ग रोज्न थालेको प्रहरीको भनाई छ । अबैध व्यापारमा संलग्न व्यापारीले मेचीनगरको नकलबन्दा, ज्यामिरगढी, बाहुनडाँगीलगायतका स्थानबाट अबैधरुपमा कुखरा आयात गर्ने गरेका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल राजस्व एवम् भन्सार सुरक्षा गुल्म काँकरभिट्टाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक वासुदेव लोहनी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक अमतलाल माझी मेची भन्सार कार्यालयका भन्सार अधिकृत गणपति कडेललगायत सरोकार निकायका प्रमुख प्रतिनिधीहरु सहभागी थिए ।

केन्द्रीय जैविक उत्पादन प्रयोगशालाका प्रमुख डाक्टर मोहनदेव लेखकको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन जिल्ला पशु सेवा कार्यालय झापाका सुचना अधिकृत कुमारसिहं खत्री खत्री तथा स्वगतसहित कार्यक्रमको औचित्य माथि पशु स्वास्थय निर्देशनालय त्रिपुरेश्वरका पशु चिकित्सक लोकराज भुसालले प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया: