मधुमेह तथा उच्च रक्तचापको सचेतना कार्यक्रम

0
60

चन्द्रगढी | सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी झापाले आज मधुमेह तथा उच्च रक्तचापका विरामीहरुका लागि एक दिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ । भद्रपुर नगरपालिको वडा कार्यालय चन्द्रगढीमा आयोजीत सो कार्यक्रममा मेची अंचल अस्पतालका डाक्टर गोविन्द कडेलले सहजीकरण गर्नु भएको थियो ।

केन्द्रका अध्यक्ष दुर्गा प्रसाद पाठकको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्रिको प्रमुख आतित्थ्यता तथा वरिष्ठ प्रहरी उपरिक्षक पिताम्वर अधिकारी र प्रहरी उपरिक्षक शैलेस थापा क्षेत्रिको विषेश आतित्थ्यमा सम्पन्न कार्यक्रमको संचालन केन्द्रका सचिव इन्द्र ओलिले गर्नु भएको थियो ।

सोहि कार्यक्रममा जिल्ला भरि छरिएर रहेका सुगरका रोगिहरुलाई संगठित गर्ने उदेश्यले गंगा प्रसाद श्रेष्ठको संयोजकत्वमा कमिटी गठन गरिएको छ । सो कमिटीको सदश्यहरुका क्रमस इश्वर अधिकारी, पार्वता मल्ल,वद्रि उप्रति, तिल माया गिरि रहेको वावुराम कार्किले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया: