लागुऔषध सम्बन्धी सचेतना

0
33

भद्रपुर | चन्द्रगढीमा बिद्यालय स्तरीय एचआईभि एड्स तथा लागुऔेषध दुव्र्यसनी सम्बन्धी प्रशिक्षण बुधबार सम्पन्न भएको छ ।

चेतना नेपालको आयोजना तथा भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा वीरेन्द्र माध्यामिक बिद्यालय चन्द्रगढीका कक्षा ८ , ९ र १० मा अध्यनरत  १ सय  ६५ जना बिद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।

वाल क्लवकी अध्यक्ष सोनु खनालको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि  जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री , भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राई , वीरेन्द्र माध्यामिक बिद्यालयका प्राधानाध्यापक टंकनाथ शर्मा पाण्डे, सामुदयिक सेवा केन्द्र चन्द्रगढीका अध्यक्ष दुर्गाप्रसाद पाठक  लगायतले बोलेका थिए ।

प्रहरी निरीक्षक धनप्रसाद सिवाकोटीले प्रशिक्षण प्रदान गरेको  कार्यक्रमको सहजीकरण चेतना नेपालका अध्यक्ष ईन्द्रप्रसाद ओलीले गरेका थिए । उषा गुरुङले कार्यक्रममा स्वागत गरेकी थिइन् ।
जेठ १८ गते जनकल्याण निमावि महेशपुर र १९ गते भद्रपुर माध्यामिक बिद्यालयमा समेत प्रशिक्षण प्रदान गरिने योजना रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया: