सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य कार्यक्रम सम्पन्न

0
46

शान्तिनगर | सहकार्यको खाका कार्यक्रम अन्तर्गत बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित श्री मा बि बर्नेमा आज महिलाहरुमा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मातृ मृत्युदर र बाल मृत्युदर शुन्यमा झार्ने उदेश्यले शान्तिनगर स्वास्थ्य चौकिले आयोजना गरेको आजको प्रशिक्षणमा ४५ जनाको उपस्थित रहेको थियो ।

यस आर्थीक बर्षमा उक्त स्वास्थ्य चौकिले वडा वडामा गएर दिएको प्रशिक्षणमा २०० जना गर्भवती महिलाहरु लाभान्वित भएको स्वास्थ्य चौकिका इन्चार्ज दिपक सापकोटाले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा गर्भाअवस्थामा ध्यान दिनुपर्ने कुराहरु, गर्भअवस्थामा देखिने लक्षणहरु, किन शुरक्षित प्रसुती गराउन स्वास्थ्य संस्थामा जानुपर्ने, नवजात शिशुलाई ध्यान दिनुपर्ने कुराहरु,पोष्टिक तत्व, खोप कहिले कहिले लगाउनु पर्ने र परिवार नियोजन सम्बन्धि कुराहरुमा प्रशिक्षण गराइएको स्वास्थ्य चौकिका इन्चार्ज सापकोटाले जानकारी दिनुभयो ।

यस्तै आमा समुह र महिला स्यमसेवीलाई भने निरन्तर प्रशिक्षण गराईने छ । उहाका अनुसार गर्भवतीहरुलाई क्याल्सियम चक्की र यातायात खर्च बापत रु २०० को दरले बितरण पनि गरिएको थियो ।

तपाईको प्रतिक्रिया: