झापा एमालेले ७ जनालाई पार्टीबाट निकाल्यो

0
63

झापा । स्थानीय तह निर्वाचनको संघारमा आफ्नो पार्टीका केही संगठित सदस्यहरुले अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै नेकपा एमाले झापाले उनीहरुलाई पार्टीको साधारण सदस्यतासमेत खोस्दै निश्कासनको कारवाही गरेको छ ।

निर्वाचनमा उम्मेदवारी नपाएको लगायतका विभिन्न बहानामा पार्टीको निर्णय प्रतिकूल हुनेगरी कतिपयले स्वतन्त्र उम्मेदवारी दिएका र कतिपयले अन्य पार्टीको नाममा उम्मेदवारी दर्ता गराएकाले उनीहरुलाई अनुशासनको कारवाही गरिएको कार्यालय सचिव शिव ढुङ्गेलद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

यसरी निश्कासनको कारबाहीमा परेकाहरुमा बिर्तामोड नगरपालिका ५ का भोलानाथ उप्रेती र देवराज तामाङ, बिर्तामोड नगरपालिका ४ का दिपक मिश्र, बिर्तामोड नगरपालिका ८ का कृष्ण श्रेष्ठ, हल्दिबारी गाउँपालिका ३ का टंक भट्टराई र वडा नं. ५ का राजकुमार राई तथा दमक नगरपालिका वडा नं. ३ का तेजस्वी थेबे रहेका पार्टीद्वारा आज जारी विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया: