विवादित चाँगुनारायणमा पुन: मतदान हुने

0
1039

भक्तपुरमा स्थानीय तह निर्वाचन २०७४ अन्र्तगत जिल्लाको तीन नगरपालिकामा मतगणना जारी छ भने, विवादित चाागुनारायण नगरपालिकामा पुन: मतदान हुने भएको छ । चाँगुनारायण नगरपालिका–६ स्थित वडा कार्यालय अर्थात साविक नगरकोट गाविस भवनको मतदान केन्द्रमा भने निर्वाचन आयोगले पुन : मतदान गर्ने भएको छ ।

आइतबार मतदानका क्रममा नेपाल मजदूर किसान पार्टीको चुनाव चिन्ह ‘मादल’ नभएको मतपत्र वितरण गरी २२ मतदाताले मतदान गरेको विषयमा विवाद चर्किए पछि निर्वाचन आयोगले विवादित केन्द्रमा पुन: मतदान गर्न परिपत्र गरेपछि त्यस क्षेत्रमा पुन : मतदान हुने भएको हो ।

नवलपरासी जिल्लाका लागि तयार पारेको मतपत्र चाँगुनारायणमा वितरण गरेपछि नेपाल मजदूर किसान पार्टीले सो २२ मत बदर गर्न माग गर्दै मतगणना गर्न नदिए पछि सोमबार मतगणना हुन सकेको थिएन ।

चाँगुनारायण नगरपालिकाको सर्वदलीय बैठकले विवादित विषयलाई टुङ्गो लगाउन निर्वाचन आयोगलाई पत्र पठाएपछि आयोगले विवादित केन्द्रमा पुन : मतदान गर्ने परिपत्र गरेको निर्वाचन अधिकृत रिञ्जा डंगोलले बताउनुभयो ।

कुन दिन मतदान गर्ने भन्ने बारेमा मङ्गलबार हुने सर्वदलीय छलफलबाट टुङगो लाग्ने निर्वाचन अधिकृत डंगोलले जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिका–६ (साविक नगरकोट गाविस) मतदानकेन्द्र ‘ख’ मा कूल ८०७ मतदाता रहेका छन् । यता जिल्लाको भक्तपुर, मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा भने मतगणना जारी छ ।

जसमध्ये, मध्यपुरथिमिमा सबै पदमा नेपाली कांग्रेस, सूर्यविनायकमा सबै पदमा एमालेले र भक्तपुर नगरपालिकामा सबै पदमा नेमकिपाले अग्रस्थान लिएका छन् ।

साभार:ekantipur.com

तपाईको प्रतिक्रिया: