राप्रपा नगर अध्यक्षले पार्टी छोडे

0
51

दमक |  नजिकिँदै आइरहेको दास्रो चरणको स्थानीय तह निर्वाचनका बेला राप्रपा दमक नगरका अध्यक्षले पार्टी परित्यागको घोषणा गरेका छन् ।

लामो समयदेखी पार्टी राजनीति र सामाजिक क्षेत्रमा स्थापित नेता चन्द्रबहादुर थापाले मंगलबार राप्रपा परित्यागको घोषणा गरेका हुन् ।राप्रपाले दुई दिन अघि मात्रै दमकका सबै वडामा उम्मेद्वारको अन्तीम टुंगो लगाएसँगै थापाले पार्टी भित्र असन्तुष्टि राख्दै आएका थिए ।

दमक— ७ निवासी थापाले पार्टीमा लामो समयदेखी सक्रिय राजनीति गर्दै आएपनि विशेष परिस्थितिमा आफूलाई पार्टीले उपेक्षा गरेको भन्दै मंगलबार प्रेस विज्ञप्तीमार्फत पार्टी परित्यागको घोषणा गरेका छन् ।
उनले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गर्दै स्वतन्त्र रहने विज्ञप्तीमा उल्लेख गरेका छन् । वडामा पार्टीले पूर्व वडाध्यक्ष तथा पार्टीका स्थानीय नेता भिम पौडेललाई उम्मेद्वार बनाएको छ ।

नगर अध्यक्ष थापाको पार्टी बहिर्गमनले लामो समयदेखि दमकको मेयर बन्ने सपना देख्दै यस पटकको निर्वाचनमासमेत मेयरको उम्मेद्वार बनेका पार्टीका केन्द्रीय सहमहामन्त्री राम थापालाई चुनावमा धक्का लाग्ने विश्लेषण गरिएको छ ।
पार्टी छोडेका थापासँगै कार्यकर्ताहरुको ठूलो पक्ति रहेका कारण निर्वाचन परिणाममा धक्का लाग्ने अड्कल गरिएको हो ।
यस अघि दमकमा राप्रपाका युवा नेता कार्यकर्ताहरुको ठूलो समुहले उम्मेद्वार चयनमा युवा पुस्तालाई वेवास्ता गरिएको र सधैं प्रयोग गर्ने साधन मात्र बनाउने गरिएको भन्दै तीब्र असन्तुष्टि बाहिर ल्याएका थिए । उक्त समूहले पार्टीलाई निर्वाचनमा भित्र—भित्रै असहयोग गर्ने खतरा बढेको कार्यकताको भनाई छ ।

तपाईको प्रतिक्रिया: