माओवादीले टुंगो लगायो सवै उम्मेद्वार

0
46

झापा | नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि झापाका अधिकांश नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेद्वारहरु चयन गरिसकेको छ ।

सम्बन्धित नगर तथा गाउँपालिकाबाट जिल्ला समितिमा सिफारिस भएर आएका नामलाई प्रदेश समितिको बैठकले अनुमोदनसहित उम्मेद्वार चयन गरेको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज भलकसिहं दर्लामी ‘सन्देश’ले दिएको जानकारी अनुसार मेचीनगर नगरपालिकाको नगरप्रमुखमा हंशलाल राजवंशी र उपप्रमुखमा इन्दिरा कार्की, विर्तामोड नगरपालिकाको प्रमुखमा सिपी कड्रिया र उपप्रमुखमा लक्ष्मी न्यौपाने ‘सरु’, भद्रपुर नगरपालिकाको प्रमुखमा शिवकुमार राजभण्डारी र उपप्रमुखमा सोविका सिहं, दमक नगरपालिकाको प्रमुखमा ‐रेवतराज गगन) पुरी र उपप्रमुखमा शान्ति धिमाल, अर्जुनधारा नगरपालिकाको प्रमुखमा भुपेन्द्र न्यौपाने र उपप्रमुखमा सुनिता तामाङले चुनावी प्रतिस्पर्धा गर्ने छन् ।

यसैगरी, शिवसताक्षी नगरपालिकामा महेन्द्र भट्टराई र उपप्रमुखमा कचाली ताजपुरिया, कनकाई नगरपालिकाको प्रमुखमा कृष्णप्रसाद घिमिरे र उपप्रमुखमा शान्ति अधिकारी, कमल नगरपालिकाको प्रमुखमा विमल संग्रौला र उपप्रमुखमा गौरी राई र गौरादह नगरपालिकाको प्रमुखमा पुष्प ढकाल र उपप्रमुखमा अर्पण राजवंशी माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार चयन भएका छन् । सोमबारमात्र गाउँपालिकाबाट नगरपालिका बनेको बुद्घ—शान्ति नगरपालिकामा आकांक्षी धेरै भएकाले उम्मेद्वार चयन हुन बाकी रहेको पार्टीले जनाएको छ ।

झापा जिल्ला इञ्चार्ज भलकसिहं दर्लामीका अनुसार नगरप्रमुखमा खड्ग तिम्सिना, सुरेश वराइली, अस्मितकला सुब्बा र छत्र तिम्सिना प्रमुखका आकांक्षी रहेका छन् । यसैगरी कचनकवल गाउँपालिकाको अध्यक्षमा हंशनारायण राजवंशी र उपाध्यक्षमा इश्वरीमाया गाइने, गौरीगञ्ज गाउँपालिको प्रमुखमा विद्यानन्द राजवंशी र उपाध्यक्षमा कल्पना रार्ई, झापा गाउँपालिकाको प्रमुखमा रुद्र बजगाईँ र उपाध्यक्षमा पवित्रा राजवंशी चयन भएका छन् । बाह््रदशी गाउँपालिकामा लक्ष्मी राजवंशी, देवी ओझा, देवेन्द्र चौलागाईँ, लक्ष्मी तिवारीको नाम सिफारिश भएकाले टुंगो लाग्न बाकी रहेको पार्टीले जनाएको छ । उपप्रमुखमा सुकुमती राजवंशी उम्मेद्वारका रुपमा चयन भएकी छन् । माओवादी केन्द्रले हल्दीवारी गाउँपालिकामा आकाक्षीं बढी भएकाले अध्यक्ष उपाध्यक्षको नाम टुंगो लगाउन सकेन् । विहीबार यी सवै स्थानीय तहमा उम्मेद्वार टुंगो लगाउने झापा जिल्ला इञ्चार्ज दर्लामीले बताए ।

तपाईको प्रतिक्रिया: