उम्मेद्वारमाथि कुटपिट

0
63

अर्जुनधारा | झापाको अर्जुनधारा नगरपालिका वडा नंं. ७ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेद्वार रमेश त्रिखत्रीमाथि शनिबार कुटपिट भएको छ ।

उनलाई पूर्व एमाले कार्यकर्ता एवम् स्थानीय अर्जुनधारा माविका शिक्षक भोला पौडेलले कुटपिट गरेका हुन् ।
पार्टी हित विपरित कार्य गरेको भन्दै पार्टीले पौडेललाई कारवाही गरेको थियो । भोट माग्न घरदैलो अभियानका क्रममा पौडेलको घरमा पुग्दा त्रिखत्रीमाथि कुटपिट भएको एमालेले जनाएको छ ।

साथै, वडा सदस्यका उम्मेद्वार कमल निरौलामाथि पनि दुव्र्यवहार गरिएको एमाले जनाएको छ ।
कुटपिटपछि प्रहरी चौकी शनिश्चरेले पौडेललाई नियन्त्रणमा लिएको थियो । लगत्तै एमालेका जिल्ला कमिटी सदस्य भोला परियार, क्षेत्रीय सचिव पुण्य सुवेदी, नगर अध्यक्ष प्रेमसागर सापकोटासहितको छलफलले समझदारीमा यो विवाद सामधान गरिएको छ ।

छलफलमा सहभागी एक नेताका अनुसार पौडेललाई पार्टीमा पूर्ववत् जिम्मेवारीमा फर्काइएको छ भने आइतबार उनकै घरमा निर्वाचन प्रचारप्रसार सुरु गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया: