भद्रपुरमा फोरमको उम्मेद्वार

0
73

भद्रपुर | आसन्न स्थानीय तह निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले भद्रपुर नगर पालिकाकालागि  पार्टीको तर्फबाट उम्मेद्वारको नाम सार्वजनिक गरेको छ ।

भद्रपुरमा बुधबार सम्पन्न भेलाले  नगरप्रमुखमा शत्रुधन चौधरी र उपप्रमुखमा शर्मिला फेउद्धिन (लिम्बु) सहित भद्रपुरका १० वटै वडामा वडा अध्यक्ष पदका उम्मेद्वारको नाम सार्वजनिक गरेको हो ।
पार्टीले दिएको जानकारी अनुसार

जसमा वार्ड नम्बर १ देखि १० नम्बर वडा अध्यक्षमा क्रमशः बीरबहादुर थुरुङ , अरुणकुमार श्रेष्ठ , चेतुमन राई , मनकुमार राजवंशी , विकासकुमार गुप्ता , बैकल्पिकमा राम बाबुप्रसाद गुप्ता , राजेश गुप्ता , शान्तिदेवी राई , सुमन रघुवंशी , मोहन मगर र रामप्रसाद पौडेललाई उम्मेदवारी छनौट गरिएको फोरमका सचिव तथा वडा अध्यक्षका उम्ेमद्वार विकाशकुमार गुप्ताले जानकारी दिए  ।

तपाईको प्रतिक्रिया: