प्रथम मिस नेवा पुर्वाञ्चल धुलावारीकी आरजु

0
63

विर्तामोड | पूर्वमा पहिलोपटक आयोजना भएको मिस नेवा पूर्वाञ्चलको ताज धुलावारीकी आरजु श्रेष्ठले पहिरिएकी छन् ।

विर्तामोडको टाइम स्क्वायर पार्टी प्यालेसमा शनिवार भएको ग्रान्ड फिनालेमा २९ जना प्रतिष्पर्धीहरुलाई उछिन्दै मेचीनगर १० धुलाबारीकी आरजु मिस नेवा पुर्वाञ्चल घोषित भएकी हुन् ।

नेवा देय दबु झापाले प्रतियोगिताको आयोजना गरेको हो । यसमा पूर्वाञ्चलभरिका नेवारी युवतीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा झरना श्रेष्ठ ‘फस्ट रनर अप’ र बुद्ध शान्तिकी सञ्जीता श्रेष्ठ ‘सेकेन्ड रनर अप’ भएकी छन् ।

विजेता आरजुले ३१ हजार रुपैयाँ नगद पुरस्कार र ४ लाख ४८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाएकी छन् । यसैगरी, फस्ट रनर अप झरनाले २१ हजार रुपैयाँ नगद पुरस्कार र २ लाख २४ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाएकी छन् । सेकेन्ड रनर अप सञ्जीताले ११ हजार रुपैयाँ नगद र १ लाख १२ हजारको छात्रवृत्ति पाएकी छन् ।

प्रतियोगितामा काठमाडौकी मिस नेवा सरना स्थापित, पत्रकार उमाकान्त खनाल र स्वजन रघुबंशी निर्णायक थिए ।

नेवा मिसा दबुको केन्द्रीय अध्यक्ष रश्मिला प्रजापति प्रमुख अतिथि र नेवा देय दबुका केन्द्रीय उपाध्यक्ष कृष्ण उदास विशेष अतिथि रहेको ग्रान्ड फिनालेमा जिल्ला ट्राफिक कार्यालयका प्रमुख ढुण्डीराज गिरी लगायतका अतिथिहरु थिए ।

तिलरुपा श्रेष्ठले स्वागत र नेवा देय दबुका झापा अध्यक्ष दिनेश शाक्यले धन्यबाद मन्तब्य राखेको कार्यक्रमको सञ्चालन उषा श्रेष्ठ र एलसी श्रेष्ठले गरेका थिए । कार्यक्रमको व्यवस्थापन विर्ता मिडिया इन्टरनटेन्टमेन्ट प्रालिले र कोरियोग्राफी एलसी श्रेष्ठले गरेका थिए ।

तपाईको प्रतिक्रिया: