१० औ बार्षिक उत्सवको अवसरमा मेची नेत्रालयद्वारा जेष्ठ नागरिकहरु सम्मानित

0
97

काँकरभिट्टा | मेची नेत्रालय काँकरभिट्टाले १० औ बार्षिक उत्सवको अवसर पारेर आईतवार नगरका ३० जना जेष्ठ नागरिकहरु लाई सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेहरुमा १ सय बर्षिय दिलधोज सुब्बा , ९८ बर्षिय बिष्णुमाया खडका ९६ बर्षिय जुनुधारा पोख्रेल , ९५ बर्षिय हेमलाल बराल ९१ बर्षिय जितबहादुर मगर , ८९ बर्षिय कपिलमणी उप्रेती , लगायतलाई सम्मान गरिएकोथियो । उनिहरुलाई प्रशाशन प्रमुख पुनम प्रधान र मेडीकल डाईरेक्टर डा. सरद चन्द्र राईले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

सम्मानित ब्याक्तिहरुलाई सम्मान पछि अस्पतालले निशुल्क आँखा परिक्षण समेत गरेको थियो । जेष्ठ नागरिक जिल्ला संघका सदस्य अंगद बहादुर थापाको प्रमुख आतिथ्य एवम् अस्पतालका मेडीकल डाईरेक्टर डा. सरद चन्द्र राई को सभापतित्व रहेको सम्मान कार्यक्रममा जेष्ठनागरिक तदर्थ समिति मेची नगरका अध्यक्ष कृष्ण प्रसाद उप्रेती , सचिब कमल थापा कोपाध्यक्ष मेदनी प्रसाद खरेल , ६ नम्बर वडा अध्यक्ष गणेश पोख्रेल , १० नम्बर वडा अध्यक्ष गजेन्द्र प्रसाद दहाल , त्रिफला राष्ट्रिय पुस्तकालयका उपाध्यक्ष रामप्रसाद दहाल लगायतको आतिथ्यता रहेको थियो ।

अस्पतालले एक साता सम्म आर्थिक अवस्था कमजोर भएका दैनिक ३० जना आखाका रोगीहरु लाई निशुल्क आँखा परिक्षण तथा ५ जनको अप्रेसन गर्ने र सम्पुर्ण आँखाका रोगी हरुलाई २५ प्रतिशत छुट कोब्यबस्था गरीएकको अस्पतालले जनाएको छ । कार्यक्रमको संचालन अस्पतालका बरिष्ठ चिकित्सक पर्शुराम भट्टराईले गरेका थिए । सोमवार ब्लड डोनेसनको कार्यक्रम आयोजना गरिने अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया: