वार्षिकोत्सवमा रक्तदान

0
57

झापा । मेची नेत्रालय मेचीनगरले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको साताव्यापी कार्यक्रम अन्तर्गत सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अस्पताल परिसरमा नेपाल रेडक्रस सोसाइटि रक्त सञ्चार सेवा केन्द्र विर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १३ महिलासहित ४९ जनाले रक्तदान गरेको अस्पतालका निर्देशक पुनम प्रधानले जानकारी दिईन् ।

संकलित सवै रगत नेपाल रेडक्रस सोसाइटि रक्त सञ्चार सेवा केन्द्र विर्तामोडलाई हस्तानतरण गरिएको छ । अस्पताल स्थापनाको ११ औँ वर्ष प्रवेशको अवसरमा अति विपन्न समुदायका विद्यार्थीलाई व्याग वितरण ज्येष्ठ नागरिकलाई सम्मानसहित निःशुल्क आँखा परीक्षण गरिएको थियो । अस्पतालमा साताभित्र आँखा परीक्षण गराउन आउने सेवाग्राहीलाई आँखा परीक्षणमा २५ प्रतिशत छुट र आर्थिक अवस्था कमजोर भएका व्यक्तिमध्ये दैनिक ५ जनालाई निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया गरिने अस्पतालका प्रमुख डा.शरदचन्द्रप्रकाश राईले बताए । शनिवार विविध कार्यक्रमसहित वार्षिकोत्सव सम्पन्न हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया: