मेचीनगर १ मा १ खुल्ला सदस्य बाहेक सबै मा एमाले बिजयी

0
115

मेचीनगर । स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार झापाको मेचीनगर –१ को वडाध्यक्षमा नेकपा एमालेका पासाङ्ग तामाङ्ग विजयी भएका छन् ।

पासाङ्गले १ हजार २ सय १३ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण सूवेदीले १ हजार १९ मत प्राप्त गरेको थियो । झापाको सबै भन्दा ठूलो स्थानीय तह मेचीनगर रहेको छ । जसमा १५ वटा वडाहरु रहेका छन् । त्यसमध्ये वडा नम्बर– १ को मत परिणाम आएको हो । त्यसैगरी महिला सदस्यमा एमालेकी थिर कुमारी कार्की ले १ हजार १सय ९० मत, दलित सदस्यमा एमालेकी सीता विकले १ हजार १सय ८५ मत, खुल्ला सदस्य (१ चिन्ह )मा कांग्रेसका दिकेन्द्र थापा र खुल्ला सदस्य ( २ चिन्ह ) मा एमालेका राम कुमार राईले १ हजार १ सय २६ मत प्राप्त गरी विजयी भएका हुन ।

प्रमुख पदमा मेचीनगरमा नेकपा एमालेले अग्रता लिएको छ । प्रमुख पदका प्रत्यासी एमालेका बिष्णु प्रसाईको २ हजार ५ सय २४ मत छ भने कांग्रेसका बिमल आचार्यको २ हजार ४ सय ८४ मत रहेको छ ।

तपाईको प्रतिक्रिया: