मेचीनगर १५ मा ६ मतको अन्तरले वार्ड अध्यक्षमा नेपाली काँग्रेस विजयी

0
171

मेचीनगर । स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार झापाको मेचीनगर – १५को वडाध्यक्षमा नेपाली कांग्रेसका राजन भट्टराई विजयी भएका छन् ।

नेपाली कांग्रेसका राजनले १ हजार ३३ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका चेतराज बिष्टले १ हजार २७ मत प्राप्त गरेको थियो । दुबै बिचको मत अन्तर ६ मत रहेको निर्वाचन अधिकृत ईन्दीरा शर्माले जानकारी दिनु भयो ।

त्यसैगरी वडा नम्बर –१५ का अन्य सदस्य पदको महिला सदस्यमा एमालेकी कुसुम चौधरीले १०३८ मत दलित सदस्यमा कांग्रेसकी पबित्रा नेपालीले ९९३मत, खुल्ला सदस्य (१ चिन्ह )मा कांग्रेसका बृक्षलाल राजबंशीले ९७० मत र खुल्ला सदस्य ( २ चिन्ह ) मा एमालेका कैलाश कट्टेलले ९२९ मतले विजयी भएका हुन ।

प्रमुख पदमा मेचीनगरमा नेकपा एमालेको अग्रता जारी रहेको छ । प्रमुख पदका प्रत्यासी एमालेका बिष्णु प्रसाईको ४ हजार ५ सय ५६ मत छ , भने कांग्रेसका बिमल आचार्यको ४ हजार ३ सय १२ मत रहेको छ ।

तपाईको प्रतिक्रिया: