रोट्र्याकद्वारा बाँढीपिडितलाई राहत साम्रागी वितरण

0
96

मेचीनगर । असारको दोस्रो हप्ता अविरल बर्षाका कारण प्रभावित भएका सप्तरीका बाँसिन्दालाई “राहत वितरण कार्यक्रम– २०७४” अन्र्तगत करिब एक लाख बराबरको राहत साम्रगी वितरण गरेको छ ।

गत असार १८ गते आएको बर्षाले सप्तरी जिल्लाको लोहोजरा गाबिसको वडा नम्बर ५ र ८ का प्रभावित स्थानीय जनताहरुलाई राहत वितरण गरिएको हो । झापाका रोट्र्याक क्लब अफ काकरभिट्टा, रोट्र्याक क्लब अफ बिर्तामोड मिड् टाउन र मधेसी एसोसियसन अफ अमेरिकाले संयुक्त रुपमा झुल १ सय थान, प्रत्येक परिवारलाई ५ केजीका दरले चामल, खानेतेल, दाल, प्रत्येक परिवारलाई एक बोरा भुजा, वाईवाई– २० कार्टुन र २० बोरा लत्ता कपडा लगायतका करिब एक लाख मूल्य बराबरको साम्रगी वितरण गरिएको रोट्र्याक क्लब अफ काकरभिट्टाका सचिव नितेस कुमार सिंहले जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया: