मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरुद्वारा शपथ ग्रहण (फोटो संग्रह सहित)

0
62

मेचीनगर | गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरुले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले नगरपालिका कार्यालय परिसरमा आयोजना गरेको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण समारोहमा उनीहरुले शपथ ग्रहण तथा प्रमाण पत्र ग्रहण गरेका हुन् ।

साँसद् उषा गुरुङको प्रमुख आतिथ्य एवँ प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको विशेष आतिथ्यतामा आयोजित समारोहमा निर्वाचन अधिकृत इन्दिरा शर्माले नव निर्वाचित नगर प्रमुख, उप प्रमुख तथा वडा अध्यक्षहरुलाई शपथ ग्रहण गराएकी थिइन् ।

नगर प्रमुख विमल आचार्य र उप प्रमुख मीना पोखरेल उप्रेतीले पद तथा गोपनियताको शपथ लिएपछि नगर प्रमुख विमल आचार्यले नव निर्वाचित नगर सदस्यहरुलाई सामूहिक रुपमा शपथ ग्रहण गराएका थिए ।

नव निर्वाचित नगर प्रमुख आचार्य र उप प्रमुख उप्रेतीले प्रतिवद्धता मन्तब्य राखेको समारोहमा प्रमुख अतिथि साँसद् उषा गुरुङ, विशेष अतिथि प्रजिअ उत्तरकुमार खत्री, नेपाली काँग्रेसका क्षेत्रीय सभापति मणिकुमार उप्रेती, नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदका प्रत्यासी विष्णु प्रसाईं लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

निर्वाचन अधिकृत इन्दिरा शर्माको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्वागत भाषण मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा र सञ्चालन सहायक निर्वाचन अधिकृत इन्द्रप्रसाद अर्यालले गरेका थिए ।

फोटो:कृष्ण सिंजाली 

तपाईको प्रतिक्रिया: