रोटरी काकरभिट्टाद्वारा ट्राफिक सचेतनामुलक कार्यक्रम

0
148

मेचीनगर, ३० बैशाख | चौथो  ‘विश्व यूएन रोड सेफ्टी वीक’को अवसरमा ‘सेभ लाइफ, स्लो डाउन’  भन्ने मुख्य नारा सहित ट्राफिक सचेतनामुलक कार्यक्रम शनिबार सम्पन्न भएको छ । अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाको सहयोगमा रोटरी क्लब अफ काँकरभिट्टा, रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाले कार्यक्रम संयुक्तरुपमा आयोजना गरेको थियो ।

विभिन्न  ट्राफिक सम्बन्धि चेतनामुल नारासहित निस्केको र्यालीले काँकरभिट्टा बजार, बसपार्क, बाहुनडाागी रोड, भट्टराई चोक  हुर्दै  पञ्चमुखी हनुमान मन्दिर परिसरमा आइपुगेर सभामा परिणत भएको थियो ।  कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मी, अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक नारायण आचार्य, रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष राधिका गुरुङ ,

रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाका अध्यक्ष – पेमा तामाङ, रोट्रयाक्ट प्रेसिडेन्ट इलेक्ट कृष्ण काफ्ले,  रोटरी क्लब अफ काँकरभिट्टाका निवर्तमान अध्यक्ष राजु महर्जनलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ काँकरभिट्टाका महासचिव सुजन प्रधानले गरेका थिए ।

तपाईको प्रतिक्रिया: