मेचीनगरका जनप्रतिनिधिहरुको पहिलो बैठकमै गरे ४ निर्णय

0
81

मेचीनगर | मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरुले सपथ ग्रहण गरे लगत्तै सोमबार नै पदभार ग्रहण गरेका छन । पदभार पछि आजै पहिलो कार्यपालिकाको बैठक समेत सम्पन्न गरि ४ वटा निर्णयहरु गरेको छ ।

सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले गरेका ४ निर्णयहरु

  • नगर क्षेत्रका बाढीग्रस्त क्षेत्रमा तत्काल बाढी नियन्त्रणका उपायहरु गर्ने गरेको छ ।
  • एक हप्ता भित्रमा नगरपालिकाको मुख्य कार्यालयमा आम नागरिकको सहयोगका लागि सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने  ।
  • तीन महिना भित्रमा मेचीनगरको नगर प्रोफाईल तयार गर्ने भएको छ  ।
  •  जेष्ठ नागरिक सम्मान तथा परिचय पत्र र महिला शशक्तिकरणका साथै बालश्रम मुक्त नगर बनाउने ।

बैठकले तत्कालका लागि संयुक्त वडा कार्यालयबाट नै नागरिकका दैनिक काम कारवाही सञ्चालन गर्ने र साउन महिनाको पहिलो हप्ता पछि सबै १५ वटा वडामा वडा कार्यालय स्थापना गरी कार्य सञ्चालन गर्ने नितिगत सहमती भएको र तत्कालका लागि भवन नभएका वडाहरुमा भाडा कै घरमा भए पनि वडा कार्यालय सञ्चालन गर्ने र वडा कार्यालयका लागि उपयुक्त जग्गा ब्यवस्थापन गरी भवन बनाउने नितिगत सहमती भएको नगर प्रमुख आचार्यले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया: