शनिवारदेखि वेपत्ता निशान मृत अवस्थामा फेला

0
40

मेचीनगर | शनिबारदेखि वेपत्ता झापा मेचीनगर—१५ का १२ वर्षीय निशान लिम्बुको शव सोमबार फेला परेको छ । शनिवार भद्रपुर ५ र ८ मा पर्ने घोडामारा खोलाले वगाएपछि उनी वेपत्ता थिए ।

उनको खोजी कार्य र उद्दारमा जुटेको सशस्त्र प्रहरीले भद्रपुर ५ स्थित निर्माणधिन मेचीपुलदेखि २ मिटर दक्षिण पश्चिम काँसघारमिा उनको शव फेला परेको सशस्त्र प्रहरी सहायक निरीक्षक जीवन लामाले बताउँनुभयो । शवलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी आफ्न्तको जिम्मा लगाइएको । पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको थियो ।

भद्रपुरम मामा घरमा बसेर प्रज्ञा एकाडेमीमा कक्षा ६ मा अध्ययनरत उनी शनिबार २ बजेदेखि वेपत्ता थिए । निरन्तर वर्षाका कारण खोलामा बाढी आएका कारण उद्दारमा कठिनाई भएको थियो ।

 

तपाईको प्रतिक्रिया: