झापामा फोटो पत्रकारको संगठन स्थापना

0
26

चारपाने | आमसंचार पत्रकारितामा निरन्तर रुपमा झापामा रहेर फोटो पत्रकारितामा कृयाशिल र फोटो पत्रकारिताका झुकाव राख्ने फोटो पत्रकारहरुको संगटन राष्टिय फोटो पत्रकार समुह झापा शाखा गठन भएको छ ।

नव गठित समितिमा अध्यक्ष नविन उप्रेती, उपाध्यक्ष कमलप्रसाद पाण्डे (विनोद) सचिवमा ईन्द्रजित मुखिया र कोषाध्यक्षमा शरद जोशी, सहसचिवमा प्रकृति न्यौपाने, सदस्यहरुमा भारती राई, सागर खरेल, धर्मराज प्रसाई चयन भएका छन भने सल्लाहकारका मिनप्रकास उप्रेती र टिकाराम उप्रेती चयन हुनु भएको छ ।

सोमबार विर्तामोड स्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको हलमा आयोजित कार्यक्रमको संयोजकन नेत्र विमलीले गरेका थिए भने प्रमुख अतिथि विर्तामोड नगरपालिकाका मेयर ध्रुब शिवाकोटी, विषेश अतिथीमा उपमेयर पवित्रा खरेल, अतिथिहरुमा, नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष एकराज गिरी, हाम्रो नेपाल सहकारीका अध्यक्ष भानु दंगाल, विदेशी फोटो पत्रकार डेविड सिरोन, प्रेस सेन्टर झापाका अध्यक्ष टिकाराम उप्रेती, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाई लगायतको आतिथ्य रहेको थियो ।

राष्टिय फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष ध्रुव आले, सचिव प्रदीपराज वन्त, केन्दिय प्रतिनिधीहरु सागर श्रेष्ठ, हरिप्रसाद रेग्मीको उपस्थिती रहेको थियो । अध्यक्ष आलेले फोटो पत्रकारिताको औचित्य माथी प्रकास पार्दै नव गठित समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया: