किन लगाईन्छ साउनमा हरीयो चुरा र मेहेन्दी ?

0
89

साउन महिना सुरु भएसँगै कपिलवस्तुमा हरियो चुरा र मेहेन्दीको व्यापारमा वृद्धि भएको छ । महिलाले साउन महिनामा हरियो चुरा लगाउने परम्पराकै कारण हरियो चुरा र मेहन्दीको व्यापारमा वृद्धि भएको हो । जिल्ला सदरमुकाम झापा लगायत जिल्लाका प्रमुख बजारहरुका शृङ्गार पसलहरुमा यतिवेला महिलाहरु हरियो चुरा र मेहेन्दीका समाग्री खरिदका लागि ब्यस्त देखिन्छन । अन्य महिनाको तुलनामा साउन महिनामा हरियो चुरा,मेहेन्दी र शृङ्गारिक सामानहरु राम्रो बिक्री हुने गरेको बिक्रेताहरुको भनाई छ ।

साउन महिनामा महिलाहरुको हरियो चुरा र पोसाकप्रतिको आकर्षणका कारण अहिले कपिलवस्तुका बजारमा चुरा,मेहेन्दी र शृङ्गारिक सामानको ब्यापार बढेको हो ।

मिनी मार्केट काकरभिट्टामा श्रृङ्गार पसल सञ्चालन गदैै आएकी एक ब्यापारीले श्रावण १ गते मात्र १० हजार आम्दानी भएको बताईन् । बर्षभर खासै व्यापार नभएपनि साउन महिनामा भने राम्रो आम्दानी हुने गरेको उनको भनाई छ ।

हरियो चुरा र हरियै लुगा साउन महिनाको विशेष पोशाक जस्तै बनिसकेको छ । साउन महिनामा हरियो चुरा र पोते लगाउने प्रचलनका बिषयमा कुनै तथ्य नभए पनि पछिल्लो समयमा यो एउटा फेसनको रुपमा विकास भइरहेको छ । कलेज पढ्ने छात्राहरुले समेत हातभरि मेहेन्दी र नाडीभरि हरियो र पहेलो रङगको चुरा लगाउन थालेका छन् ।साउन महिनामा हरियो पोते र रातो समिश्रण गरी लगाइन्छ ।अझ हत्केलामा जति बढी गाढा मेहेन्दीको रंग बस्यो उति नै श्रीमानको माँया पाइन्छ भन्ने विश्वास छ ।

नेपाली बजारमा अधिकांश चुरा र मेहन्दी भारतीय बजारबाट आयात हुने गरेको छ ।

तपाईको प्रतिक्रिया: