संसद गुरुङ्गद्वारा स्वास्थ्य उपकरणहरु प्रदान

0
30

मेचीनगर । माननीय संसद उषा गुरुङ्गले करिब ६० हजार बराबरको स्वास्थ्य उपकरणहरु स्वास्थ्य चौकी बाहनडाँगीलाई प्रदान गरेको छ ।

मेचीनगर –४ स्थित स्वास्थ्य चौकीको परिसरमा भएको एक कार्यक्रममा संसद उषा गुरुङ्गले स्वास्थ्य उपकरणहरु वडा अध्यक्ष नविन बराल मार्फत प्रदान गरेका हुन । संसद गुरुङ्गले डेलिभेरी कन्डक्टिङ्ग बेड एक थान, ह्लि चियर एक थान, डेटल सेट एक थान र थरमामिटर दश थान प्रदान गरेका थिए ।

कार्यक्रममा संसद उषा गुरुङ्ग, वडा अध्यक्ष नविन बराल, नेपाल तरुण दल झापाका अध्यक्ष गोपाल तामांग, समाजसेवी हरि उप्रेती, सरस्वती माविका प्रधानाध्यापक भिम प्रधान र चौकीका अहेव याम अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
उक्त स्वास्थ्य चौकीले मेचीनगरका १,२,३ र ४ वटा वडालाई स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया: