सामाजिक ब्यक्तित्व गुरुङ्गको बिदाई

0
43

काकडभिट्टा ।सामाजिक ब्यक्तित्व तथा नेपाल ओलाम्पीक कमिटिका सदस्य पुष्पा गुरुङ्गलाई आईतावार विभिन्न सघ सस्थाहरुले विदाई गरेका छन् ।

अठोट नेपालका अध्यक्ष समेत रहेका गुरुङ्गलाई आफ्नै निवासमा बिभिन्न सघसस्थाहरुले कार्यक्रम गरि बिदाई गरेका हुन् । हङ्गकङ्ग निबासी गुरुङ्गलाई काकडभिट्टा भेट्रान फुटबल क्लब,काकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर , जेष्ठ नागरिक समाज मेचीनगर र तमु ह्यूल छाँेज धिँ गुरुङ्ग राष्ट्रिय परिषद लगायतले खदा पहिर्याई यात्राको शुभकामना ब्यक्त गरेका थिए ।
बिदेशमा रहेरपनि गुरुङ्गले यस क्षेत्रमा हुने खेलकूद, बालबालिका, बाढीपिडीत, जेष्ठ नागरिक लगायतका बिभिन्न खालका गतिबिधिमा भरपुर योगदान पुर्याउदै आउनु भएको कुरा काकडभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङ्गले बताउनु भयो ।

तपाईको प्रतिक्रिया: