मेचीनगरलाई फुटबल हब बनाउँछौँ: आचार्य

0
20

मेचीनगर । मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले मेचीनगरलाई फुटबल हबको रुपमा विकास गर्न गरेर लैजाने बताएका छन् ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा बुधवारबाट काँकरभिट्टामा सुरु भएको मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको तेस्रो संस्करणको उद्घाटन गर्दै मेयर आचार्यले यस्तो बताएका हुन ।

‘मेचीनगर फुटबलको उर्वरभूमि हो’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले भने–‘यस नगरको फुटबलको विकास गर्नका लागि नगरपालिका साझेदारी भएर लाग्नेछ । साथै यो मैदानलाई मिनी स्टेडियमका रुपमा विकास गरेर लैजाने गुरु योजना निर्माण गर्ने छौँ । खेल जगतमा फड्को मार्न यो खुसीको कुरा कुरा हो ।’

विशेष अतिथि मेचीनगरकी उपमेयर मिना उप्रेतीले मेचीनगरले दर्जनौ राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएकाले यो गोल्डकपले थप टेवा दिदैँ आएको बताइन् । उनले खेलकुदको विकास गर्नका लागि मेचीनगर नगरपालिका सदैव लागि पर्ने बताइन् ।

आयोजक क्लबका अध्यक्ष मिन बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेची नेत्रालयका डाक्टर शरदचन्द्रप्रकाश राई, सह प्रायोजक रहेका समाजसेवी नरेन्द्र मेचे, श्रीप्रसाद मैनाली, साहरा नेपालका अध्यक्ष महेन्द्र गिरी, आर्थिक समितिका संयोजक गङ्गालाल गुरुङ, नेपाली काङ्ग्रेस प्रदेश सभा “क” का उम्मेदवार केशवराज पाण्डे, समानुपातिक उम्मेदवार गोपाल तामाङ, जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङ, मेची भन्सार कार्यालयका भन्सार अधिकृत टेकबहादुर अर्याल, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी टङ्कमणि भट्टराई, मेची भन्सार एजेण्ट संघका अध्यक्ष मोहन निरौलालगायत विभिन्न संघ संस्थाका प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उल्लेखिय सहभागिता रहेको थियो ।

प्रमुख अतिथि आचार्यले हाईड्रोजन ग्यास भरिएको बेलुन उढाएर प्रतियोगिताको उद्घाटन गरेका थिए । सहयोग समितिका संयोजक शंकर थापाले स्वागत गरेको कार्यक्रमको सञलन अशोक राईले गरेका थिए । खेलमा प्राथमिक उपचारका लागि नेपाल सीएमए संघको प्राविधिक सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया: