पछिल्लो समय पूर्वीनाकाबाट मरिचको तस्करी बढ्यो, एकसातामा साढे ६ क्वीन्टल मरिच वरामद

0
37

मेचीनगर | पछिल्लो समय पूर्वीनाकाबाट मरिचको तस्करी बढेको छ । प्रहरीले एकसातामा साढे ६ क्वीन्टल मरिच वरामद गरेको छ । केहीदिनअघिमात्र प्रहरीले नगरका अलग अलग स्थानबाट १ लाख २५ हजार रुपैयाँ मुल्य बराबरको अढाई क्वीन्टल मरिच पक्राउ गरेको थियो ।

त्यसको केही साता पनि वित्न नपाउँदै इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर—६स्थित भान्साखोलाबाट अवैधरुपमा भारततर्फ लैजादै गरेको अवस्थामा पौने चार क्वीन्टल मरिच पक्राउ गरेको छ । २५ केजीका दरका १५ वोरा मरिचको मुल्य १ लाख ८७ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले मरिच भारतीय सीमा पार गर्न लाग्दा नियन्त्रणमा लिएको बताए । पछिल्लो केहीमहिनादेखि काँकरभिट्टा नाकाबाट मरिचको भारत तस्करी हुँदै आएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार पटिल्लो समय यस्मा संलग्नहरुका लागि काँकरभिट्टा नाका सुरक्षित बनेको पुष्टि भएको छ । पक्राउ परेका ती सवै सामान आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।

मेचीनगरको नकलबन्दा, सतिघट्टा, भानुटोललगायतको बाटो हुँदै दिउसो र साझ सीमा क्षेत्रमा पुर्याउने गरिएको भारतका विभिन्न बजारमा पुर्याईन्छ । भारतसँग सीधा सीमा जोडिएको नेपाली बजारमा मरिच स्टोर गरी राखिने गरिएको छ ।

तपाईको प्रतिक्रिया: