उत्कृष्ट बाल क्लब पुरस्कृत, आधा दर्जनबढि सम्मान

0
45

मेचीनगर | वालवालिकाका लागि राष्ट्रिय कानुनहरुको कार्यान्वयनको लागि स्थानीय तहको भुमिका महत्वपुर्ण हुने शुक्रबार काँकरभिट्टामा आयेजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मानव अधिकारी मञ्च इलामको आर्थिक सहयोगमा महिला जनचेतना केन्द्र झापाले आयोजना गरेको सरोकारवालासँगको कार्यशाला गोष्ठीमा सहभागीहरुले स्थानीय तहले कानुन कार्यान्वयका लागि संरचना तयार गरी लागु गर्न सकेमात्र प्रभावकारी हुनेमा जोड दिएका थिए ।

वालवालिकाको क्षेत्रमा वाल वचाउ र वाल विकासका क्षेत्रमा केही महत्वपुर्ण कार्य भए पनि वाल संरक्षण र वाल सहभागिताको क्षेत्रमा उल्लेखनिय कार्य हुन नसकेको अवस्थामा स्थानीय तहको भुमिका आवश्यक हुने सहभागीहरुको भनाई थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गरेको ब्यवस्था अनुसार वालवालिको वाच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि आधारभुत स्वास्थ्य र सरसफाई तथा पोषण नीति कानुन , मापदण्ड ,योजना तर्जुमा कार्यान्वय तथा नियमन गर्ने कार्य स्थानीय तहको रहेको सहभागीले बताएका थिए ।

ऐन अनुसार वाल संरक्षणका लागि स्थानीय तथ्याङ्कको अभिलेखन र ब्यवस्थापन विशेष गरि जन्म मृत्यू वसाइसराई तथा पारिवारिक लगतको अभिलेखन र पञ्जिकरणको कार्य स्थानीय तहको रहेको वारेमा समेत सहभागीले छलफल गरेका थिए । सड्क वालवालिका ,अनाथ ,असहाय अशक्त र मानसिक सन्तुलन भएको ब्यक्तिहरुको पुनःस्थापना केन्द्रको सञ्चालन ब्यवस्थापन र नियन्त्रण गर्ने कार्य समेत स्थानीय तहको रहेको भन्दै वालविकासका लागि वालवालिकाको सवार्ङगिण विकासका लागि कानुन तथा नीति वनाइ लागु गर्न सुझाव समेत दिएका थिए । स्थानीय निकायको हरेक संरचनामा वालवालिकाको प्रतिनिधित्वको सुनिश्चििता गर्ने वारेमा स्थानीय तहको महत्वपुर्ण भुमिका हुने वारेमा समेत छलफल गरिएको थियो ।

सोहि कार्यक्रममा धुलावारी माध्यमिक विद्यालयको प्रकृतिको बाल क्लवलाई नगरभरिका क्लबहरुमध्ये उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । उक्त क्लबलाई केन्द्रकी अध्यक्ष राधा प्रधान कार्कीले नगद १० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिन । सोहि कार्यक्रममा काँकरभिट्टा, धुलावारी, भानु, बलभद्र र सरस्वती माविलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सवै सम्मानित विद्यालयका संरक्षक शिक्षकलाई उक्त सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले नगरलाई बालश्रम मुक्त नगर बनाउने तयारीका साथ काम भइरहेको बताए । उनले अहिले नगरभरि कति बाल बालबालिका छन् कतिजना श्रम गर्न बाँध्य छन त्यसको अभिलेख राख्ने काम भइरहेको बताए । उनले मेचीनगर बालअधिकारका क्षेत्रमा उनीहरुको हक, हित अधिकारका लागि सधै सकरात्मक रहेको बताए ।

कार्यक्रममा मानव अधिकार मञ्च इलामको झापा प्रतिनिधी तथा महिला जनचेतना केन्द्रका झापा संयोजक मणिकुमार लिम्बुले संविधानमा बालअधिकारका बारेमा सहभागीहरुलाई प्रष्ट पारेका थिए । लिम्बुले बाल संरक्षण तथा सम्वद्र्धनमा स्थानीय तह र सरोकारवालाहरुको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरे । प्रस्तुत कार्यपत्रमाथि सहभागीहरुले टिप्पणी गरेका थिए । उनले महिला जनचेतना केन्द्र र मानव अधिकार मञ्च इलामको विगत, वर्तमान र भविष्यका बारेमा जानकारी गराए ।

केन्द्रकी अध्यक्ष कार्की, शिक्षक रमेश दाहाल, सुभद्रा भट्टराई अर्याल, पत्रकार मुक्ति पौडेल, लक्ष्मी उप्रेतीलगायतले आ आफ्नो सुझाव पेश गरेका थिए । मेचीनगरका प्रमुखसहित विभिन्न वडाका वडाध्यक्षलगायत जनप्रतिनिधि, विभिन्न राजनीतिक संघ संगठनका प्रमुख प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन नेपाल स्काउटकी आयुक्त भुवन सुब्बा खरेलले गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया: