स्थापना दिवसमा बाल उद्धार केन्द्रलाई सहयोग

0
23

मेचीनगर | मेचीनगर लेडी जेसीजले आफ्नो छैठौ स्थापना दिवसको अवसर पारेर आज झापा मेचीनगर—७ मा रहेको जागृत बाल उद्धार केन्द्र नेपाललाई हजारौँ रुपैयाँका खेल सामग्रीसहित रात्री भोजन गराएको छ । २०७० साल साउन ५ गते मेचीनगर लेडी जेसीजको स्थापना भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर—७ का वडाध्यक्ष चन्दन, मेचे लेडी जेसीज सन् २०१८ की अध्यक्ष सुनिता उप्रेती पनेरुले ती सामाग्री केन्द्रका अध्यक्ष अर्जुन देवकोटालाई संयुक्तरुपमा प्रदान गरेका थिए । सामाग्री प्रदान गर्दै अध्यक्ष पनेरुले यो देशमा जति यस्ता अनाथ आश्रम खुले अब यस्ता आश्रम कहिल्यै पनि खोल्न नपरोस भन्दै कामना गरिन् । उनले हरेक बालबालिकाले आफ्नो बाबु आमा र परिवारको माया पाउनुपर्ने विचार राख्दै आमाको न्यानो काँख र बाबुको मायाबाट कोहि पनि बालबालिका बञ्चित हुन नहुने बताईन ।

जेसीज नेतृत्व र व्यक्तित्व विकास गर्ने पाठशाला मात्र नभई विश्व विद्यालय नै भएको उनको भनाई थियो । जेसीजले समग्र मेचीनगरमा छरिएर रहेको महिला दिदी बहिनीहरुलाई व्यक्तित्व र नेतृत्व विकास गराई आफूभित्र भएको अन्तरनिहीत क्षमतालाई बाहिर निकाल्न निरन्तर प्रेरित गरिरहेको अध्यक्ष पनेरुले बताईन् ।

जेसीज विभिन्न जातजाति, धर्म या विभिन्न पार्टीमा आस्था राख्ने भएता पनि हामी यस संस्थामा आबद्ध भएर निरन्तर आफ्नो क्षमता विकास गर्न लागि रहेको बताईन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेचेले यस्ता केन्द्रलाई सवैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउदै आफ्नोतर्फबाट व्यक्तिगतरुपमा यो वर्षमा २० हजार तथा नगरपालिकाकातर्फबाट कम्तिमा ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै जेसीजका पुर्व अध्यक्षहरु उषा श्रेष्ठ टिका सुवेदीले जेसीजले हिजो समाज सेवामा पुर्याएको कार्यका बारेमा जानकारी गराएका थिए ।

सहयोग सामाग्री ग्रहण गर्दै अध्यक्ष देवकोटाले बेला बखत विभिन्न संस्थाले गरेको सहयोगका कारण केन्द्र एक्लो नभएको महसुश हुने बताए ।

तपाईको प्रतिक्रिया: