अपहरणको नाटक गर्नेलाई सार्वजनिक मुद्दा

0
51

बिर्तामोड | अपहरणको नाटक गरी झुठो निवेदन दिने झापा अर्जुनधार-५ का एक व्यक्तिलाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

इलाका प्रहरी कार्यालय विर्तामोडले ३७ बर्षीय ईन्सल खनालविरुद्घ सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरी झापा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।

मंगलवार बेलुका घरबाट बिर्तामोड आएका बखत उनी अपहरणमा परेको र तत्काल खोजी गरी पाउँ भनेर इलाका प्रहरी कार्यालय विर्तामोडमा निवेदन दर्ता भएको थियो । दिउँसो अपरिचित ३-४ जनाको संख्यामा रहेको एक समुहले बिर्तामोड- ५ स्थित शनिश्चरे रोडबाट अपहरण गरी साथमा भएको तीन लाख रुपैयाँँ तथा मोबायल समेत लुटेर लगेको र पछि

आफुलाई सुनसरी स्थित सर्दुखोलाको जंगलमा छाडेपछि ईटहरी सम्म आएको खनालले प्रहरी समक्ष वयान दिएका थिए ।
अपहरणमा परेका भनिएका खनाललाई कार्यालयमा ल्याएर सोधपुछ गर्दा उनले अपहरणको नाटक गरेको र प्रहरीलाई दिएको वयान झुटो भएको प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले बताए ।

प्रहरीले उनीमाथि थप अनुसन्धान तथा छानबिन गर्दा मेरो आर्थिक व्यवहार कारोवार बिग्रिएको कारण बुद्धि बिगारी मैले अपहरणमा परेको कुरा गरेको हुँ भन्ने वयान फरेको प्रहरी नायव उपरीक्षक थेवेले बताए । उनले आफुलाई कसैले अपहरण नगरेको, लुटिएको भनिएको रकम घर कोठामा नै रहेको , मोबायल गाडी चढी पश्चिमतर्फ एक्लै जादै गर्दा माईधारमा सडक किनार झाडीमा फालिदिएँको वयान प्रहरीलाई दिएका थिए ।

उनको मोवायल फालेको स्थानमा गई खोजतलास गर्दा सोही ठाउँमा फेला परेको तथा नगद उनकै घर कोठामा राखेको अबस्थामा एक लाख चौरासी हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

तीन लाख रुपैयाँ भने पनि दुई लाख रुपैयँँ भएको त्यो मध्ये सोह्र हजाररुपैयाँ खर्च गरीसकेको उनले प्रहरीलाई बताएका छन् । आफु अपहरणमा परेको भनी भ्रामक समाचार दिने, काल्पनिक रुपमा गलत समाचार दिएर अपवाह फैलाई गाउँ समाजका मानिस, आफन्तहरु तथा प्रहरी समेतलाई दःख हैरानी दिई स्थानीय शान्ति सुरक्षामा खलल पुर्याएको समाजमा त्रसित आतंकित वातावरण सृजना गरी झुट्ठा प्रतिबेदन समेत दिएको हुँदा उनलाई जिल्ला प्रशासन कार्यालय झापाबाट केही सार्वजनिक अपराध मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया: