बाल क्लवका लागि तालिम शुरु

0
54

काँकरभिट्टा | बालबालिकाहरुका लागि भित्तेपत्रिका प्रकाशन तथा पुस्तकालय व्यवस्थापन सम्बन्धि तीन दिवशीय तालिम शनिबारदेखि काँकरभिट्टामा सुरु भएको छ ।

मानव अधिकार मञ्च नेपाल इलाम र महिला जनचेतना केन्द्र काँकरभिट्टाको आयोजनामा महेन्द्रद्वार सहकारी संस्थाको सभा कक्षमा सुरु भएको हो ।

बाल अधिकार तथा शान्ति शिक्षा अभियान सञ्चालनका क्रममा मञ्चले गठन गरेको झापाका विभिन्न ५ वटा विद्यालयका बाल क्लवका लागि तालिम शुरु  सो तालिम आयोजना गरिएको केन्द्रकी अध्यक्ष राधा प्रधान कार्कीले बताईन् ।

तालिममा शिवसताक्षीँ स्थित मोती मावि, शनिअर्जुनस्थित जनता मावि, भद्रपुर स्थित हिमाली मावि, झापा गाउँपालिकास्थित डिल्लीराज मावि र विर्तामोड स्थित महेन्द्रज्योती माविमा गठित बाल क्लवका विद्यार्थी र शिक्षकहरु सहभागी छन् ।

तालिममा सहभागी ५ वटा विद्यालयका विद्यालयस्तरीय बाल क्लवमा आवद्ध १० जना विद्यार्थी र क्लवका ५ जना संरक्षक शिक्षकलाई पत्रकार राजु अधिकारी र पर्वत पोर्तेलले भित्तेपत्रिका प्रकाशन सम्बन्धि प्रशिक्षण दिने केन्द्रकी उपाध्यक्ष भुवन सुब्बाले जानकारी दिइन् ।

तालिमका प्रशिक्षार्थीहरुलाई मञ्चका झापा कार्यक्रम संयोजक मणिकुमार लिम्बू र नाइट चेस क्लवका अनुगमन तथा मूल्याङ्कन अधिकृत गोविन्द न्यौपानेले पुस्तकालय व्यवस्थापन बारे सहजिकरण गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया: