बाल उद्धार केन्द्रलाई सहयोग

0
65

काँकरभिट्टा | ह्याप्पी क्लव काँकरभिट्टाले ३५ हजार रुपैयाँ मूल्य बराबरको खाद्यान्न, लत्ता कपडा, शैक्षिक र खेल सामग्री मेचीनगर—७ स्थित जागृत बाल उद्धार केन्द्रलाई हस्तान्तरण गरेको छ ।

काँकरभिट्टा माविमा सम्पन्न मेची नेत्रालय काँकरभिट्टा सिटी लिग कम नक आउट फुटबल प्रतियोगिताको तेस्रो संस्करणको विजेता समेत रहेको ह्याप्पीले केन्द्रमा आश्रित अनाथ १२ जना बालबालिकाहरुलाई ती सामग्री प्रदान गरेको ह्याप्पीका दावा तामाङले जानकारी दिए ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मीनवहादुर बस्नेतको प्रमुख आतिथ्यतामा केन्द्र परिसरमा शनिबार आयोजित एक कार्यक्रमकाबीच केन्द्रका संस्थापक अध्यक्ष अर्जुन देवकोटालाई ती सामग्री हस्तान्तरण गरिएको ह्याप्पीका पेमुनोर्वु शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया: