पत्रकार उपचार कोषमा सहयोग

0
53

बिर्तामोड | झापा बिर्तामोड—६ स्थित यसोदा निरौला स्मृति प्रतिष्ठानले पत्रकार सहारा उपचार कोषका लागि २१ हजार रुपैयाँ प्रदान गरेको छ ।

उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई आइतबार झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री र प्रतिष्ठानका अध्यक्ष नन्दिकेशर निरौलाले प्रदान गरे ।

यसोदा निरौलाको दोस्रो स्मृति सभाको अवसरमा उक्त रकम प्रदान गरिएको हो ।
मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन महासंघले थालेको अभियानको प्रतिष्ठानले सराहना गरेको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको छ ।

कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया: