रोटरीद्वारा विद्यालयलाई कम्प्युटर

0
74

काँकरभिट्टा | रोटरी  क्लब अफ काँकरभिट्टाले मेचीनगर— ५ स्थित मेची आधारभुत विद्यालयलाई सोमबार एकथान कम्प्युटर हस्तानतरण गरेको छ ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष राधिका गुरुङ्गले प्रदान गरेको कम्प्युटर विद्यालयका प्रधानध्यापक भरत दाहालले ग्रहण गरेका थिए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष दिलीप सुवेदी, सदस्य विमल आचार्य प्रधानध्यापक भरत दाहाललगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन क्लबका महासचिव सुजन प्रधानले गरेका थिए ।

तपाईको प्रतिक्रिया: