चेतनामुलक नाटक प्रदर्शन

0
40

बाहुनडाँगी | लागूऔषधबाट समाज र परिवारमा पर्ने असरका बारेमा केन्द्रीत नाटक सोमबार मेचीनगरको बाहुनडाँगी र बौद्दमोडमा प्रदर्शन गरिएको छ । इलाका प्रहरी कार्यालय काँकरट्टिा मेची सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनमा नाटक प्रदर्शन गरिएको हो ।

नाटकमा परिवर्तन थिएटर मेचीनगरका कलाकारहरु कविता नेपाल, लीला विष्ट, सुष्मा पोखरेल, लोमस पौडेल, अभिशेक गड्तौला, एञ्जल खड्का, अनिष बस्नेत, सम्झना सुब्बा र गणेश बस्नेतले अभिनय गरेका थिए । कविता नेपालको लेखन तथा निर्देशन रहेको नाटकमा विमला चिमरियाले शुत्रधारको भूमिका निभाएकी थिईन् ।

नाटकमा उच्च घरानका मानिसहरु कसरी लागूऔषधको दलदलमा फस्छन भन्ने देखाइएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मी, मेची सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बुद्घिनाथ पौडेललगायतको आतिथ्यिता रहेको थियो ।

तपाईको प्रतिक्रिया: