- बिज्ञापन -
Home स्थानीय सडक नाटकमार्फत मतदाता शिक्षा

सडक नाटकमार्फत मतदाता शिक्षा

0
57

काँकरभिट्टा | सडक नाटक मार्फत मतदातालाई  मतदाता शिक्षा प्रदान गर्न र सचेत गराउन साँस्कृतिक संस्थानको टोली झापा आइपुगेको छ । निर्वाचन आयोगको सहकार्यमा साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलका कलाकारहरुले झापाका विभिन्न ठाउँमा ‘महादान’ शीर्षकको सडक नाटक प्रस्तुत गरेका हुन् ।

मतपत्रमा कसरी छाप लगाउने ? मतपत्र कसरी पट्टयाउने ? कस्ता उम्मेद्वारलाई मतदात गर्नेलगायतका बारेमा कलाकारहरुले सडक नाटकका माध्यमबाट सर्वसाधारणलाई शिक्षा प्रदान गरेका थिए ।  मत दिदाँ हाम्रालाई भन्दा पनि राम्रा मान्छेलाई दिनुपर्ने, समाजसेवामा सक्रिय, विकासप्रेमी समाजसेवी जस्ले भोली देश र जनताका लागि मरिमेट्छ त्यस्ता उम्मेद्वारलाई मतदान गर्नुपर्ने सन्देश नाटकले दिएको थियो ।

प्रस्तुत सडक नाटक सवै निर्वाचनमै केन्द्रीत रहेको टोली प्रमुख पवित्रा पंगेनीले बताइन् । लोकेन्द्र लेखकको लेखन तथा निर्देशन रहेको ‘महादान’ सडक नाटकमा  पवित्रा पंगेनी, गोरन चौधरी, आकाश थापा, मिलन नेपाली, संगीत सुब्बा, अञ्जु आले, सुशीला थापालगायतले अभिनय गरेका थिए ।  संस्थान र निर्वाचन आयोगबीच भएको सम्झौता अनुसार देशका १ सय भन्दाबढी ठाउँमा यो नाटक प्रदर्शन गरिने  छ । नाटक स्थानीय तहको निर्वाचनसँग केन्द्रीत रहेकाले बैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ३, ४ र ६ का विभिन्न ठाउँमा नाटक प्रदर्शन गरेर कलाकारको टोली दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर १, २, ५ र ७ का लागि निस्केको व्यवस्थापक पंगेनीले बताईन् ।

मंगलबार प्रदेश नम्बर १ झापाको बुधबारे, चन्द्रगढी र मेचीनगरमा नटक प्रदर्शन गरिएको थियो । यसअघि पाचथरका विभिन्न स्थानमा नाटक प्रस्तुत गरिएको थियो । उक्त नाटकको अनुगमन सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयले गर्ने गरेका छन् ।

NO COMMENTS

तपाईको प्रतिक्रिया:

%d bloggers like this: