प्रजनन सम्बन्धि स्वास्थ्य शिक्षा

0
57

पृथ्वीनगर |  नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको महिला समितिको आयोजनामा र एनएमसी भद्रपुर कार्यालयको स्थानीय व्यवस्थापनमा एकदिने किशोरीहरुको यौन प्रजनन स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
एनएमसी भद्रपुर कार्यालयको कार्यक्षेत्र भद्रपुर–३ स्थित चन्द्रमा ज्योति माविमा सम्पन्न कार्यक्रममा कक्षा ८, ९ र १० का १३ देखि १९ वर्षसम्मका छात्राहरुको सहभागिता रहेको थियो । किशोरी अवस्थामा हुने प्रजनन समस्या र सोको निराकरणको बारेमा समिति संयोजक भगवती घिमिरेले सहजीकरण गरेकी थिइन् । प्रजनन समस्याको बारेमा किशोरीहरुलाई विस्तृत जानकारी गराउन सकिए समाजमा रहेको कुसंस्कार र बेतिथीको पनि अन्त्य हुने कुरामा उनको जोड  थियो ।

१ सय १० जना भन्दा बढी सहभागी रहेको कार्यक्रमको स्वागत एनएमसी भद्रपुर कार्यालयगत समिति संयोजक सीता राईले गरेकी थिइन् । संस्थाकी सञ्चालक समिति सदस्य शुभलक्ष्मी राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मधूमाया पाठक, चेतन शर्मा पौडेललगायतको उपस्थिति रहेको थियो ।

भगवती घिमिरे मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन एनएमसी भद्रपुर कार्यालयका कार्यालय प्रमुख मनोज अधिकारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया: