क्लब गठन सम्बन्धि कार्यक्रम

0
56

बिर्तामोड | नेपाल बहुउद्देश्यीय सहकारी संस्था  (एनएमसी)ले बिर्तामोडमा दुई दिने युथ सेभिङ क्लब गठन सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको बिर्तामोड कार्यालयको आयोजनामा भएको कार्यक्रम सोमबार कार्यालय भवनमा र मंगलबार बुट्टाबारीस्थित सरस्वती माविमा सम्पन्न भएको थियो ।

पहिलो दिन कञ्चनजंघा बोर्डिङ स्कुलका १ सय २० जना भन्दा बढी बिद्यार्थीको सहभागितामा सम्पन्न कार्यक्रममा बिद्यार्थीलाई बचतको महत्व बारे जानकारी गराइएको थियो ।  दोस्रो दिन सरस्वती माविका १ सय ३० जना भन्दाबढी बिद्यार्थीमाझ वित्तीय साक्षरता तथा बचत गर्ने बानीको बारे सन्देश दिइएको थियो ।

कार्यक्रममा एनएमसीका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती तथा सञ्चालक समिति सदस्य डम्बरबहादुर बस्नेतले सहजीकरण गरेका थिए । कार्यक्रममा कञ्चन जंघा स्कुलका प्राचार्य गुरुभक्त न्यौपाने तथा सरस्वती माविका प्राचार्य मुक्ति प्याकुरेललगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन एनएमसी बिर्तामोड कार्यालयका कार्यालय प्रमुख कमलप्रसाद कट्टेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया: