तीन दर्जनबढी ज्येष्ठ नागरिक सम्मान

0
44

बुधबारे | झापाको पूर्वाेत्तर बुद्घ—शान्ति गाउँपालिकामा शनिबार तीन दर्जनबढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक—वडा समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि ज्येष्ठ नागरिक बुद्घ—शान्ति गाउँ समितिका संयोजक लीला ढकालले नगरकै सबैभन्दा बढी उमेरकी ज्येष्ठ नागरिक १ सय १ वर्षीया कृष्णमाया खतिवडालाई दोसल्लासहित अविर टिकालगाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

वडाका ८० वर्ष उमेरमाथिका ४० जना ज्येष्ठ नागरिकलाई नगद, दोसल्ला, एक एकथान टर्चलाइट एवम् मिष्टानसहित सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकलाई सवैले उचित सम्मान दिनुपर्ने र उनीहरुप्रति राज्यले पनि उचित रेखदेख दिनुपर्ने सहभागीहरुको भनाई थियो । लामो समयदेखि ज्येष्ठ नागरिकहरुले उठाएका जायज मागहरुप्रति राज्य सकरात्मक हुनुपर्ने समेत उनीहरुको भनाई थियो ।

स्थानीय नवकिरण आधारभुत निमावि बुधबारेक परिसरमा वडा संयोजक चन्द्र ढकालको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजु खत्री, ज्येष्ठ नागरिक ६ नम्बर वडा समितिका संयोजक युवराज बास्तोला, परशुराम चेम्जोङ्ग, सीता कार्की, रुक्मिणा पाठकलगायतको उपस्थिती रहेको थियो ।

गाउँ समिति सचिव देवी सुवेदीले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई वडा सचिव खड्ग दर्जीले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया: