सामाजिक क्षेत्रमा सबैका प्रिय विमल

0
202

मेचीनगर । मेचीनगर–६ काँकरभिट्टाका विमल आचार्य सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रुपमा परिचित छन् ।

व्यवसाय, राजनीति र समाजसेवालाई एकैसाथ अघि बढााएका आचार्य मेचीनगर क्षेत्रमा शालिन र भद्र व्यक्तिका रुपमा चिनिन्छन् ।

वि.सं. २०२६ साल असार २० गते भारतको आसाममा बुबा जयकृष्ण आचार्य र आमा मेनुका आचार्यका साइँला छोराका रुपमा जन्मिएका उनी २०३२ सालमा नेपाल आएका थिए ।

काँकरभिट्टा माविमा कक्षा ७ अध्ययन पूरा गरेपछि उनी अध्ययनका लागि भारतको मिरिक गए । उतैबाट उनले एसएलसी उत्तीर्ण गरे र काठमाडांैको त्रिचन्द्र कलेजमा बीए अध्ययन गरे ।

उनले २०४९ सालमा साथीहरूसँग मिलेर ट्रान्सपोर्टको व्यवसाय सुरु गरेका थिए । सो व्यवसाय अन्तरगत भारतको मेघालयबाट नेपालका लागि कोइला निर्यात गरिन्छ । उनको व्यवसायमा ३० जना भन्दा धेरैले रोजगारी समेत पाएका छन् । उनलाई कोइला व्यापारको राजा नै भन्ने गरिन्छ ।

२०५४ सालमा सन्तोष निर्माण सेवाको फर्म दर्ता गरी भन्सार एजेन्टको रुपमा अर्काे व्यवसाय सुरु गरेका थिए उनले ।

उनी राजनीतिक क्षेत्रमा पनि उत्तिकै सव्रिmय छन् । २०३६ सालमा सानै उमेरदेखि नेपाली काङ्ग्रेसको राजनीतिमा होमिएका उनी नेपालमा तीन वटा ठूलो आन्दोलनका साक्षी बनिसकेका छन् ।

२०३६ सालको जनमत सङ्ग्रह, २०४६ सालको प्रजातन्त्र पुनःस्थापना र २०६२/६३ को जनआन्दोलनमा उनले सक्रिय योगदान गरेको छन् । यसो त उनले २०४६ सालको आन्दोलनमा विद्यार्थीको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

२०४८ सालमा नेपाली काङ्ग्रेसको सदस्यता लिएका उनी अहिले महाधिवेशन प्रतिनिधि छन् । पार्टीको नवौँ महाधिवेशनमा तत्कालीन काँकरभिट्टा गाउँ समितिको सदस्य बनेका आचार्यले पार्र्टीिभत्र कहिले पनि पछाडि फर्कनु परेको छैन ।

१० औँ महाधिवेसनमा क्षेत्रीय कोषाध्यक्ष बनेका उनी ११ औँ महाधिवेसनमा जिल्ला सदस्य बने । पार्टीभित्र हरेक समस्याहरूको समाधान गर्न निरन्तर लागि पर्ने उनले १२ औँ महाधिवेसनमा महासमिति सदस्य तथा जिल्ला सदस्यको जिम्मेवारी लिएका थिए । १३ औँमा आइपुग्दा महाधिवेशनको जिम्मेवारी पाए ।

पार्टीको मूल जरो बलियो भयो भने सिङ्गो पार्टी बलियो हुने धारणा राख्ने उनी अन्य पार्टीका समर्थकमाझ पनि मिलनसार सहयोगीको रुपमा चिनिएका छन् ।

यसो त उनी सामाजिक सङ्घ संस्थामा पनि उत्तिकै सक्रिय छन् । झापाका तिन दर्जन भन्दा बढी सङ्घ संस्थामा कुनै न कुनै जिम्मेवारी बहन गरिरहेका उनी कुशल सङ्गठक मानिन्छन् ।

काँकरभिट्टा क्याम्पसको सञ्चालक समितिको अध्यक्ष समेत रहेका उनी शैक्षिक उन्नयनमा निरन्तर लागि परेका छन् । उनको यो क्याम्पसमा दोस्रो कार्यकाल हो ।

उनी भानु साहित्यिक प्रतिष्ठानको कोषाध्यक्ष, मधुमेह प्रतिष्ठानको सदस्य, नेपाल रेडक्रस सोसाइटी उपशाखा मेचीनगरको संस्थापक अध्यक्ष तथा आजीवन सदस्य, झापा उद्योग सङ्घको सदस्य, दुर्गा काली मन्दिर पुरानो भन्सारको मन्दिर निर्माण समितिका अध्यक्ष, हिमाल यातायातका सल्लाहकार संयोजक, काँकरभिट्टा खानेपानीका सल्लाहकार, ट्रक व्यवसायी सङ्घ झापाको सल्लाहकार, झापा जिल्ला ट्रान्सपोर्ट एसोसिएसनका पूर्व अध्यक्ष, धुलाबारी क्याम्पसका पूर्व सदस्य, काँकरभिट्टा माविका पूर्व सदस्य, पूर्वाञ्चल उद्योग वाणिज्य सङ्घको मेची अञ्चल प्रतिनिधि, मेची उद्योग वाणिज्य सङ्घको भवन निर्माण समितिका सदस्य तथा हाल सल्लाहकार, आधुनिक बचत तथा ऋण सहकारीका सल्लाहकार संयोजक, देवकोटा पार्क निर्माण समितिका सदस्य छन् ।

यसैगरी, बलिहाङ तथा श्रीजङ्गा शालिक काँकरभिट्टाका सल्लाहकार, नेपाल ट्रक व्यवसायी महासङ्घको पूर्व सल्लाहकार, नेपाल भन्सार एजेन्ट सङ्घका पूर्व कार्यसमिति सदस्य, नेपाल ट्रान्सपोर्ट एसोसिएसन महासङ्घका सल्लाहकार, रोटरी क्लब अफ काँकरभिट्टाको सदस्य, नेपाल रेडक्रस मेचीनगर उपशाखा भवन निर्माण समितिका अध्यक्ष तथा पालिया कोटीहोमका संरक्षक समेत छन् ।

२०५१ सालमा अनारमनी निवासी गीता प्रसाईसँग विवाह गरेका उनका २ छोरा छन् । जेठो छोरा अस्ट्रेलियामा इन्जिनियरिङ पढ्र्दैछन् भने कान्छो सिलगुडीमा कक्षा–११ मा अध्ययनरत छन् ।

(लोेकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया: