अफगानिस्तानसँग नेपालको लज्जास्पद हार

0
12

आईसीसी यू-१९ विश्वकप छनोट एसिया क्षेत्रमा नेपालले पहिलो पराजय भोगेको छ । पहिलो दुई खेल सजिलै जिते पनि निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालले त्यही नियति दोहोर्‍याएपछि अफगानिस्तानसँग १ सय ४१ रनको विशाल अन्तरले पराजित भएको हो ।

अफगानिस्तानको यो लगातार तेस्रो विजय हो । सिंगापुरमा भइरहेको प्रतियोगिताको डबल राउन्ड रोबिन लिगको विजेता राष्ट्र अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।

सिंगापुर क्रिकेट क्लबमा नेपालले टस जितेपछि आएको अफगानिस्तान ४९.४ ओभरमा १ सय ९० रनमा अलआउट भयो । तर जवाफमा आएको नेपाल २६ ओभरमा ४९ रनमा सीमित भएपछि लज्जास्पद हार बेहोरेको हो ।

नेपालबाट पवन सर्राफले मात्र दोहोरो स्कोर बनाए । ५२ बल खेली ३ चौका प्रहार गरी २६ रन बनाएका उनी नेपालबाट आउट हुने अन्तिम खेलाडी थिए । ओपनरद्वय सन्दीप सुनार २ र आसिफ शेख ६ रनमा आउट भए । आदिल खान र दीपेन्द्रसिंह ऐरीले ४–४ रनमात्र बनाउन सके । त्यसपछि प्रनित थापामगर, अनिलकुमार शाह र रोहितकुमार पौडेल शून्यमा आउट भएपछि नेपालको ब्याटिङ उदांगिएको थियो । खाता खोल्न नसक्नेमा कप्तान सन्दीप लामिछाने पनि थिए ।

यसअघि अफगानिस्तानबाट ओपनरद्वय इब्राहिम जाद्रनले ४३ र नविद ओवाइदले ३३ रन बनाएका थिए । नेपालबाट शाहव आलमले ३, सन्दीप र पवनले २–२ तथा दीपेन्द्र र किशोर महतोले १–१ विकेट लिए ।

 

तपाईको प्रतिक्रिया: