नेपाली कराँते टोली आज भारत प्रस्थान

0
11

काकरभिट्टा | भारतको कोलकातामा आयोजना हुने तेस्रो अन्र्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा भाग लिने नेपाली खेल टोली बिहीबार भारत प्रस्थान गरेको छ ।

कोलकातास्थित नेताजी सुवासचन्द्र इन्डोर स्टेडियममा आउँदो जुलाई २९ र ३० तारिख सञ्चालन हुने दुई दिवशीय उक्त प्रतियोगितामा नेपालको तर्फबाट १४ जना खेलाडीले प्रतिष्पर्धा गर्नेछन् ।

सार्क राष्ट्रका विभिन्न खेल टोलीले प्रतिष्पर्धा गर्ने सो प्रतियोगितामा भाग लिने १० पुरुष र ४ जना महिला खेलाडीसहित १६ सदस्यीय नेपाली टोलीलाई आज झापाको काँकरभिट्ठाबाट विदाई गरिएको छ ।

काकरभिट्टा माविको खेल मैदानमा आयोजित एक कार्यक्रमकाबीच नेपालको प्रतिनिधित्व गर्ने खेल टोलीलाई शुभकामनासहित विदाई गरिएको हो ।

मेचीनगर नगरपालिकाका उप प्रमुख मीना उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष ललित तामाङ, सदस्य राजकुमार श्रेष्ठ, मेचीनगर सितोरियो कराँते संघका अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतले खादा ओढाएर शुभकामनासहित विदाई गरेका हुन् ।

सितोरियो कराँते संघ झापाका अध्यक्ष मिलनराज प्रसाईंको अध्यक्षतामा आयोजित विदाई कार्यक्रममा स्वागत बर्मेली डोजोका अध्यक्ष एवँ प्रशिक्षक अभिषेक दवाडी र सञ्चालन कराँतेका अन्र्तराष्ट्रिय रेफ्रि राजु महर्जनले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया: