मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको तेस्रो संस्करण मंसिर ६ गते शुरु

0
8

मेची नेत्रालय काकँरभिट्टा गोल्डकप तेस्रो संस्करण मेची हुने भएको छ । यहीँ मङ्सिर ६ गते बाट गोल्डकप सुरू हुने भएको हो । आयोजक काकँरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले शुक्रबार मेची नेत्रालयको सभाहलामा मा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी दिएको हो । गोल्डकप १५ गते सम्पन्न हुनेछ ।

प्रतियोगितामा भारतको एक टोली र ‘ए डिभिजनका’ नौबटा टिमको सहभागिता रहने काकँरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरका अध्यक्ष मिन बहादुर बस्नेतले जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक काँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सहित रमपम झापा–११ , अग्नी रुपन्देही–११ , मनाङ्ग मस्याङ्गदी क्लब , सशस्त्र प्रहरी बल , त्रिभुवन आर्मी क्लब , नेपाल पुलीस क्लब , हिमालयन शेर्पा क्लब र भारत कलकत्ताको सुभाष चन्द्र बोइज क्लबको सहभागिता रहेने बताइएको छ ।

प्रतियोगितामा पहिलो हुनेले आठ लाख एक हजार नगद , ट्रफि र प्रमाणपत्र , दोश्रोलार्इ चार लाख एक हजार , ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै उत्कृष्ठ गोलकर्ता, उत्कृष्ठ खेलाडी , उत्कृष्ठ गोलकिपरलाई पनि पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागी ६३ लाख ९२ हजार खर्च हुने अनुमान आयोजकले गरेको छ ।

जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंखर थापा र काकँरभिट्टा ट्रेनिङ्ग सेन्टरका अध्यक्ष मिन बहादुर बस्नेतको संयुक्त अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’ , मेची बस ब्यवसायी संघका अध्यक्ष श्री प्रसाद मैनाली , प्रायोजक मेची नेत्रालयका प्रबन्धक शरद चन्द्र प्रकाश राई , समाजसेवी नरेन्द्र मेचे , अठोट नेपालका अध्यक्ष नगेन्द्र लगायतले गोल्डकपको सफलताको कामना सहित फुटबलको महत्व र विकास सम्बन्धी धारणा राख्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया: