जिल्ला खेलकुद विकास समितिद्वारा भलिवल प्रदान

0
60

काँकरभिट्टा | जिल्ला खेलकुद विकास समितिले सोमबार एक कार्यक्रमकाबीच स्थानीय भलिबल खेलाडीहरुलाई खेल अभ्यासका लागि खेल सामग्री हस्तान्तरण गरेको छ ।

मेचीनगर— ६ काँकरभिट्टाको मेची डाँडास्थित खेल अभ्यास स्थलमा आयोजित कार्यक्रममा झापा खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले भलिबल खेलाडी रामकुमार लिम्बूलाई खेल सामग्री प्रदान गरेका हुन् ।

‘यसबाट हामीलाई थप हौसला मिलेको छ’, २ थान भलिबल र एक थान भलिबल जाली ग्रहण गर्दै स्थानीय खेलाडी लिम्बूले भने–‘अब चाँडै नै भलिबल टिम निर्माण गरी खेलकूद गतिविधि अघि बढाउँछौं ।’

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदाश मैनाली, प्रशिक्षण विभाग प्रमुख टार्जन सुब्बा, कराँतेका सहायक प्रशिक्षक कृष्ण बस्नेत, कुस्तीका सहायक प्रशिक्षक वेदनिधी भण्डारी(उमेश), एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेल, समाजसेवी अर्जुन तिवारी, खेलप्रेमी भोगेन्द्र सुब्बालगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया: