क्रिकेटमा ग्लोबल र अरुणोदय विजयी, फुटबलको उपाधि इष्ट होराइजन र लालिमालाई

0
78

काँकरभिट्टा | झापा जिल्लास्तरीय अन्तर मावि छात्र/छात्रा क्रिकेट प्रतियोगिताको उपाधि ग्लोबल एकाडेमी र अरुणोदय माविले जितेका छन् ।

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा काँकरभिट्टाको तुर्केनी खेल मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको छात्रातर्फको फाइनल खेलमा अरुणोदयले तारापुञ्जलाइ्र्र १० रनले पराजित गरेको थियो ।

टस जितेर ब्याटिङ रोजेको अरुणोदयले निर्धारित ओभर खेल्दै अल आउट भएर १ सय ९ रनको योगफल खडा गरेको थियो । जसमा विप्सा ओलीले ५४  र स्मृति कटुवालले २३ रन जोडे । बलिङतर्फ तारापुञ्जकी अंकिता राईले २ विकेट लिएकी थिईन् ।
प्रत्युत्तरमा १ सय १० रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको तारापुञ्जले १२ ओभरमा अल आउट हुँदै ९९ रन मात्र जोडेको थियो । जसमा सिर्जना श्रेष्ठले ३२ रन, बलिङतर्फ अरुणोदयकी रिया ढुंगानाले १ विकेट लिएकी थिईन् । फाइनल खेलको हुमन अफ दी सिरिज तारापुञ्जकी अंकिता राई घोषित भईन् ।

उनले नगद २५ सय र ट्रफी तथा प्रमाण पत्र पाएकी थिइन् । छात्रतर्फको फाइनल खेलमा ग्लोबल माविले आदर्श माविलाई १ विकेटले हराएको छ ।

टस जितेर फिल्डिङ रोजेको ग्लोबल माविलाई आदर्श माविले १९ ओभरमा ९३ रनको चुनौती दिएको थियो । जसमा अनिस कार्कीले ३६ रन बनाएका थिए । बलिङतर्फ ग्लोबलका अभिषेक उप्रेतीले ३ विकेट लिएका थिए । प्रत्युत्तरमा ९४ रनको विजय लक्ष्य लिएर मैदानमा आर्लिएको ग्लोबल माविले निर्धारित २० ओभरमा १ विकेट रहँदै विजय लक्ष्य पूरा गरेको थियो ।
जसमा सचिन श्रेष्ठ ३७ र कुशल अधिकारीले १५ रनको योगदान दिएका थिए । बलिङतर्फ आदर्शका जयदेव राजवंशीले २ विकेट लिएका थिए । उक्त खेलमा म्यान अफ दी सिरिज सचिन श्रेष्ठ घोषित भए ।

यसैगरी, अन्तर मावि छात्र/छात्रा फुटबल प्रतियोगिताको उपाधि इष्ट होराइजन र लालिमा मावि तोपगाछ्रीले जितेका छन् ।
काँकरभिट्टा माविको खेल मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा छात्रातर्फ लालिमाले गणेश माविलाई टाइब्रेकरमा ३–१ ले पराजित गरेको थियो । प्रतियोगिताको हुमन अफ दी टुर्नामेन्टबाट लालिमाकी उर्मिला राई घोषित भईन् । उनले नगद २५ सयसहित ट्रफी र प्रमाण पत्र पाइन् ।

त्यसैगरी छात्रतर्फको खेलमा इष्ट होराइजनले मुनाल एकाडेमीलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । सो प्रतियोगिताको म्यान अफ दी टुर्नामेन्ट इष्ट होराइजनका निसेन लिम्बू घोषित भए । उनले नगद २५ सयसहित ट्रफी र प्रमाण पत्र पाए ।

उक्त प्रतियोगिताका विजेता तथा उपविजेताले क्रमशः नगद ३० हजार, २० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । विजेता तथा उप विजेता विद्यालयका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, जिल्ला समन्वय समितिका संयोजक खेमराज ओझा, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शंकर थापालगायतले पुरस्कार प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया: