सनसाइन बन्यो च्याम्पियन

0
39

काँकरभिट्टा | प्रथम झापा जिल्ला स्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधिका सनसाइन फुटबल क्लब ज्यामिरगढीले जितेको छ ।

प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी पारीजात फुटबल क्लब, सालबारीलाई १– शुन्य गोलले पराजित गर्दै उपाधि जितेको हो । जीतसंगै सनासाइनले नगद २५ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाण पत्र तथा उपविजेता पारीजातले नगद १५ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाण पत्र प्राप्त गरे ।

काँकरभिट्टा माविको खेल मैदानमा खेलको १४ औ मिनेटमा पारीजातकी गोलरक्षक उमा चौधरीले प्रहार गरेको बल सनसाइनकी सरिता शेर्पालाई लागेर आएको रि–बाउण्ड बल नै गोलमा परिणत भएको थियो । खेलको वुमन अफ दि म्याच सनसाइनकी आशा श्रेष्ठ घोषित भइन् । भने वुुमन अफ दि टुर्नामेण्ट पारीजातकी सम्झना लावती घोषित भइन् ।

प्रतियोगिताका विजेता तथा उपविजेता र विभिन्न विधाका विजयी टिम तथा खेलाडीलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिश्वप्रकाश शर्मा, एन्फाका केन्दी्रय सदस्य पंकजबिक्रम नेम्बाङ , बरिष्ठ फुटबल प्रशिक्षक भगीरथ आले मामा र नेपाली काँग्रेसका मेची नगर सभापति इन्द्र बुढाथोकीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ मेचीनगरले आयोजना गरेको प्रतियोगितामा जिल्लाभरिका चारवटा टिमले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया: