क्रिकेट प्रतियोगितामा तारापुञ्ज मावि र एमरल्ड एकाडेमी विजयी

0
59

काँकरभिट्टा | मिलन क्रिकेट क्लबको आयोजनामा सञ्चालित १९ औँ अन्तर मावि झापा जिल्ला स्तरीय छात्र÷छात्रा क्रिकेट प्रतियोगिताको आइतबार छात्रातर्फ भएको खेलमा तारापुञ्ज मावि विजयी भएको छ ।

मेचीनगर–६ स्थित बर्मेलीको तुर्केनी खेल मैदानमा भएको खेलमा मेची मोडल एकाडेमीलाई ७ विकेटले हराउँदै तारापुञ्ज विजयी भएको हो । पहिले ब्याटिङ गर्दै मेची मोडलले १० ओभरमा ४ विकेटको क्षतिमा ५९ रन बनाएकोे थियो । उसका लागि स्मृति कुँवरले २१ र सरस्वतीले १९ रन बनाए । तारापुञ्जकी समीक्षा तामाङले २ विकेट लिएकी थिइन् ।

६० रनको योगफल पछ्याएको तारापुञ्जले ७ दशमलब ४ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । तारापुञ्जकी सिर्जना श्रेष्ठले २४ र समीक्षा तामाङले ११ रन बनाएका थिए । मोडलकी कलिना साहले १ विकेट लिएकी थिइन् । खेलको उमन अफ दि म्याच समीक्षा तामाङ घोषित भइन् ।

त्यस्तै, छात्रतर्फ भएको दोस्रो खेलमा एमरल्ड एकाडेमीले अरुणोदय माविलाई १ सय २६ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । एमरल्डले पहिलो ब्याटिङ गर्दै २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो । उसका लागि अमरदिप राजवंशीले अर्धशतकीय पारी खेलेका थिए । राजवंशीले ५० र फजल रमनले २१ रन बनाएका थिए । अरुणोदयका असिम तिम्सिनाले १ विकेट झारे ।

१ सय ८७ रनको लक्ष्य पछ्याएको अरुणोदय ६० रनको झिनो योगफलमा समेटियो । उसका लागि सागर श्रेष्ठले १९ र असिम तिम्सिना ११ रन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । म्यान अफ द म्याच एमरल्डका अनिष प्रधानले ४ तथा विक्की महतोले ३ विकेट लिएका थिए ।

सोमबार छात्रातर्फ इष्ट होराइजन र काँकरभिट्टा माविबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै, छात्रतर्फको खेल सूर्याेदय मावि र मेची मोडल एकाडेमीबीच प्रतिष्पर्धा हुने विरु श्रेष्ठ श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेताले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता जेठ २२ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया: