क्रिकेटर पारस खड्कालाई ‘कीर्तिमय राष्ट्रदीप’ पदक

0
65

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले ‘कीर्तिमय राष्ट्रदीप’ पदक पाएका छन्। दशौं गणतन्त्र दिवसका अबसरमा सरकारले खेल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै क्रिकेटर खड्कालाई ‘कीर्तिमय राष्ट्रदीप’ पदकबाट सम्मान गरेको हो।

काठमाडौं महानगरपालिका–१० का पारस सन् २००९ यता नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानको भूमिकामा छन्। उनकै कप्तानीमा नेपालले क्रिकेटको क्षेत्रमा ठूलो फड्को मारेको छ।

यस्तै, एथलेटिक्स खेलाडी हरिबहादुर रोकायाले पनि ‘कीर्तिमय राष्ट्रदीप’ पदक पाएका छन्। जुम्लाको चन्दननाथ नगरपालिका–४ का रोकाया चर्चित एथलेटिक्स खेलाडी हुन्।

तपाईको प्रतिक्रिया: