गोल्डकपको हिसाव सार्वजनिक

0
58

सुरुङ्गा | सुरुङ्गा जेसीजले सहारा सुरुङ्गा गोल्डकप २०७३ को चौथो संस्करणको आय—व्यय विवरण सार्वजनिक गरेको छ ।
शुक्रवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आय—व्ययसार्वजनिक गरेको हो । गोल्ड कप आर्थिक समितिका संयोजक कुमारमणि पोखरेलले ३१ लाख ५३ हजार ९ सय ९५ वरावरको आय—व्यय विवरण सार्वजनिक गरेका थिए । प्रतियोगिता मंसिर ४ गतेदेखी ११ गते सम्म सञ्चालन भएको थियो ।

दुई वर्षदेखी आर्थिक व्ययभार वेहोर्दै आएको गोल्ड कपलाई झापा गोल्डकपसँग समन्वय गरी पर्यटनसँग जोडेर अवको पाँचौ संस्करणदेखी आर्थिक रुपले समेत सम्पन्न वनाउँने योजना रहेको जेसीजका अध्यक्ष जविन तिम्सिनाले वताए । अध्यक्ष तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा शिव कडेलले धन्यवाद र महासचिव रामप्रसाद निरौलाले सञ्चालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया: